इलन मस्कको कम्पनी स्टारलिंकले भारतमा प्रवेशको लागी नियामकमा दियो आवेदन

  • Technology Khabar | २७ असार २०८०, बुधबार
इलन मस्कको कम्पनी स्टारलिंकले भारतमा प्रवेशको लागी नियामकमा दियो आवेदन

काठमाडौं ।

इलन मस्कको कम्पनी स्टारलिंकले भारतमा सेवा शुरु गर्नको लागि इन्डियन नेशनल स्पेस प्रमोशन एण्ड अथोराइजेसन सेन्टर (ईन-स्पेस(IN-SPACE) मा आवेदन दिएको छ। यसमार्फत उनीहरूले अर्थ स्टेशन स्थापना गर्न र सेवा शुरु गर्न चाहेका छन्।

यदि मस्कको कम्पनीले क्लियरेन्स प्राप्त गर्यो भने, यसले भारतमा पहिले नै रहेको वनवेब, अमेजन र रिलायन्स जियोको सेटकमसँग प्रतिस्पर्धा गर्नेछ। मस्कको कम्पनीले अर्थ स्टेसनका लागि मात्रै निवेदन दिएको छैन, यसअघि कम्पनीले स्याटेलाइटमार्फत ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन्स लाइसेन्स (जीएमपीसीएस) प्राप्त गर्न भारतको दूरसञ्चार विभागमा निवेदन दिएको थियो।

इकोनोमिक्स टाइम्सको रिपोर्टअनुसार हाल भारतीय गृह मन्त्रालयले स्टारलिङ्कको जीएमपीसीएस लाइसेन्सको सुरक्षा अनुसन्धान भइरहेको र आगामी केही महिनामा कम्पनीले स्वीकृति पाउन सक्नेछ। भारतको नयाँ अन्तरिक्ष नीति २०२३ अन्तर्गत अब विदेशी कम्पनीहरूले पनि भारतमा आफ्नो पूर्वाधार स्थापना गरेर स्याटेलाइट सेवा उपलब्ध गराउन सक्नेछन्। यसका लागि कम्पनीहरूले ईन-स्पेसबाट स्वीकृति लिनुपर्नेछ। सरकारले IN-SPACE- लाई सरकारी र निजी दुवै स्याटकम कम्पनीहरूलाई स्वीकृति दिन अधिकार दिएको छ।

जीएमपीसीएस (GMPCS) लाइसेन्स अनुमोदन पछि पर्खनु पर्ने
यदि मस्कको कम्पनीले इन स्पेसबाट स्वीकृति प्राप्त गरे भने पनि कम्पनीले दूरसञ्चार विभागबाट स्पेक्ट्रम बाँडफाँडको लागि कुर्नु पर्नेछ। यहाँ, वनवेबले सबै स्वीकृतिहरू पाएको छ तर विभागबाट जीएमपीसीएस लाइसेन्सको लागि पर्खिरहेको छ। उता, रिलायन्स जियोको स्याटेलाइट शाखाले पहिले नै विभागबाट जीएमपीसीएस लाइसेन्स पाइसकेको छ।

यसअघि कम्पनीले लाइसेन्स नभएका व्यक्तिबाट इन्टरनेट सेवाका लागि पैसा लिन थालेको थियो। पछि, स्टारलिङ्कले जीएमपीसीएस लाइसेन्स नपाएकाले कम्पनीलाई विभागले सबै पैसा फिर्ता गर्न भनेको थियो।

स्टारलिंकले भारतका चुनिएका शहरहरू जस्तै अहमदाबाद, ताडेपालिङ्गम र इन्दौरमा ९९ अमेरिकी डलर (लगभग भारु ७,३५०) को फिर्ता योग्य निक्षेप प्रस्ताव गरिरहेको थियो। जसमा ग्राहकहरुलाई ५० एमबीपीएसदेखि १५० एमबीपीएसको स्पीड दिने दाबी गरिएको थियो ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार