
काठमाडौं ।
ग्लोबल मार्केट्स इन्टेलिजेन्स फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले यस वर्षको दोस्रो त्रैमासिक अर्थात अप्रिलदेखि जुनसम्मको अवधिमा विश्वव्यापी पीसी ढुवानीको नतिजा साझा गरेको छ।
व्यक्तिगत कम्प्युटिङ बजारले २०२३ को दोस्रो त्रैमासमा उल्लेखनीय गिरावटको अनुभव गरेकाे उल्लेख छ। दोस्रो त्रैमास, २०२३ मा, विश्वव्यापी पीसी ढुवानी १३.४ प्रतिशतले वार्षिक आधारमा घटेकाे हाे।
यस वर्ष पहिलो त्रैमासमा भन्दा २९ प्रतिशतले भन्दा धेरै कम रहेकाे बताइएकाे छ। यद्यपि, कन्ट्राक्सन पहिलो त्रैमास भन्दा कम छ।
बजारमा लगातार छैठौं त्रैमासिक गिरावट आएको उल्लेख छ।आइडीसीले यसको श्रेय बृहत् आर्थिक हेडविन्ड, कमजोर माग, र आइटी बजेटमा परिवर्तन जस्ता कारकहरूलाई दिएकाे उल्लेख छ। कमजोर मागले पनि उच्च इन्भेन्टरीको परिणामस्वरूप गिरावट आएको बताइएकाे छ।
ओइएमको लागि, लेनाेभाे, डेल, र एसरले दोस्रो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको गिरावट दर्ता गरेका छन्। एप्पलले मात्र वृद्धि दर्ता गरेकाे बताइएकाे छ।
लेनोभोले अझै पनि १४.२ मिलियन ढुवानी र २३.१ प्रतिशत शेयरको साथ बजारको नेतृत्व गरेकाे छ। एचपी १३.१ मिलियन युनिट बिक्री तथा २१.८ प्रतिशत शेयरका साथ दोस्रो भएकाे हाे।
डेल १०.३ मिलियन पठाइएका उपकरणहरू र १६.८ प्रतिशत बजार साझेदारीको साथ सूचीमा तेस्रो रहेकाे बताइएकाे छ।
एप्पलले ५३ लाख युनिट बेचेर बजारमा ८.६ प्रतिशत हिस्सा लिएर चौथो स्थानमा रहेकाे उल्लेख छ। कुपर्टिनोमाआधारित टेक जायन्ट कम्पनीको बिक्री पनि वार्षिक आधारमा १०.३ प्रतिशतले बढेको छ। यस्तै एसर ३ दशमलव २ प्रतिशत बजार हिस्साका साथ सूचीको पाँचौं स्थानमा रहेकाे बताइएकाे छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार