
काठमाडौं ।
नुबियाको रेड म्याजिक ८ एस प्रो स्मार्टफोनले अन्तर्राष्ट्रिय डेब्यू गर्ने घोषणा गरीएको छ। यस महिनाको सुरुमा घाेषाणा गरिएको ८ एस प्रो हाल चीनमा मात्र उपलब्ध छ। कम्पनीले अर्को हप्ता जुलाई १८ मा यसकाे अन्तर्राष्ट्रिय डेब्यू गर्ने घोषणा गरेकाे हाे।
नुबियाले ८ एस प्रो सँगसँगै रेड म्याजिक ८ एस प्रो प्लस पनि प्रस्तुत गरेकाे छ। केवल रेड म्याजिक ८ एस प्रो अर्को मंगलबार चीनबाट बाहिरिने उल्लेख छ।
नुबिया रेड म्याजिक ८ एस प्रो लाई नुबियाले ” स्न्यापड्रयागन ८ जेन २ को अग्रणी संस्करण” भनिरहेको छ। यसको कारणमा प्राइम कोरको उच्च क्लक गति (३.३६ गीगाहर्ज भर्सेस नियमित स्न्यापड्रयागन ८ जेन २ को ३.२ गीगाहर्ज ) रहेकाे सम्भावना उल्लेख छ। स्मार्टफोन १२ जीवी र्याम र ५१२ जीवी भण्डारणको साथ आउने तथा एन्ड्रोइड १३ मा आधारित रेड म्याजिक ओएस ८ मा संचालन हुने बताइएकाे छ।
रेड म्याजिक ८ एस प्रो गोरिल्ला ग्लास ५ द्वारा सुरक्षित ६.८ इन्च १२० हर्ज एमोलेड स्क्रिन वरिपरि बनाइएको तथा यसको २,४८०x१,११६ पिक्सेलको रिजोल्युसन रहेकाे उल्लेख छ। डिस्प्लेमा पासवर्ड-रहित फोन अनलक गर्नको लागि फिंगरप्रिन्ट स्क्यानर पनि रहेकाे बताइएकाे छ।
रेड म्याजिक ८ एस प्रोमा ५० एमपी प्राथमिक, ८ एमपी अल्ट्रावाइड, २ एमपी म्याक्रो, र १६ एमपी सेल्फी (डिस्प्ले अन्तर्गत) गरी चार क्यामराहरू छन्। यसमा स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक तथा ८० वाट वायर्ड चार्जिङको साथ ६,००० एमएएच ब्याट्री पनि रहेकाे उल्लेख छ।
प्रो+ मोडेलले ८ एस प्रोसँग धेरै जसो विशेषताहरू साझा गर्ने तथा यो बाहेक यसले १६५ वाट वायर्ड चार्जिङ समर्थनको साथ ५,००० एमएएच ब्याट्री प्याक गर्ने पनि बताइएकाे छ। डिभाइस २४ जीवी र्याम र १ टीवी भण्डारण अनबोर्डमा आउने उल्लेख छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार