आइएमई पेमा नयाँ अफर- मिस्ड कल गरी क्यासब्याक पाउने मौका

  • Technology Khabar | २२ असार २०८०, शुक्रबार
आइएमई पेमा नयाँ अफर- मिस्ड कल गरी क्यासब्याक पाउने मौका

काठमाडौं ।

‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु. ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार