एप्पल आईफोन १५ प्रो म्याक्स एक्सक्लुसिभ फिचर्स र उच्च मूल्यको साथ आउने

  • Technology Khabar | २३ असार २०८०, शनिबार
एप्पल आईफोन १५ प्रो म्याक्स एक्सक्लुसिभ फिचर्स र उच्च मूल्यको साथ आउने

काठमाडौं ।

एप्पलले आगामी अगस्टदेखि आईफोन १५ सिरिजको ठूलो उत्पादन सुरु गर्ने अपेक्षा गरिएको हाइटोङ्ग इन्टरनेशनल टेक रिसर्चका जेफ पुले बताएका छन्। विश्लेषककाअनुसार कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा ८४ मिलियन युनिट उत्पादन गर्ने ट्रयाकमा रहेको बताइएको छ।

साथै आगामी आईफोन १५ सिरिजको उक्त संख्या गत वर्षको सोही अवधिमा उत्पादन गरिएको आईफोन १४ डिभाइसको तुलनामा १२ प्रतिशतले धेरै भएको जीएसएमएरिनामा उल्लेख छ।

आईफोन १४ प्रो म्याक्स भन्दा आईफोन १५ प्रो म्याक्सको प्रारम्भिक मूल्य उच्च हुने विश्लेषकले अनुमान गरेका छन्। विश्लेषकका अनुसार आईफोन १५ प्रो म्याक्सको प्रारम्भिक मूल्य संयुक्त राज्यमा १,०९९ डलर र युरोपमा १,४४९ यूरो हुनेछ।

त्यसैगरि जेफ पुकाअनुसार १५ प्रो म्याक्समा १५ प्रोमा उपलब्ध नभएका एक्सक्लुसिभ फिचर्स (विशेष सुविधाहरू) पनि रहने उल्लेख गरिएको छ। एप्पलले म्याक्समा टेलिफोटो क्यामराको लागि पेरिस्कोप लेन्स समावेश गर्ने अपेक्षा गरिएको छ। उक्त टेलिफोटो क्यामराले अप्टिकल जुम विस्तार गर्ने बताइएको छ।

अफवाहहरूका अनुसार बोर्ड ब्याट्रीहरूको क्षमता पनि वृद्धि गरिने उल्लेख छ। तसर्थ उक्त आगामी नयाँ डिभाइस केहि मोटो हुने बताइएको छ। एप्पलले आधिकारिक लन्चको तालिका बनाउन बाँकी नै भएतापनि सेप्टेम्बरको शुरुआतमा उक्त आईफोन १५ प्रो म्याक्ससहित आईफोन १५ सिरिज अनावरण हुने आशा गरिएको छ।

प्रकाशित: २३ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार