ओप्पोले एन्ड्रोइड कलरओएस १४ फोल्ड जारी गर्ने

  • Technology Khabar | २१ असार २०८०, बिहीबार
ओप्पोले एन्ड्रोइड कलरओएस १४ फोल्ड जारी गर्ने

काठमाडौं ।

गुगलले अगस्टमा एन्ड्रोइड १४ स्टेबल जारी गर्ने अपेक्षा गरिएको छ। एन्ड्रोइड ओइएमएसले पछिल्ला एन्ड्रोइडको आफ्नो संस्करण घोषणा गर्ने बताइएकाे छ। जसमध्ये, ओप्पो एक हुने उल्लेख छ।

यसको नेक्स्ट-जेन मोबाइल सफ्टवेयरलाई एन्ड्रोइडको नयाँ संस्करण अनुरूप कलरओएस १४ भनिने अपेक्षा गरिएको पनि बताइएकाे छ। यो सफ्टवेयरको स्क्रिनसट अब वेबमा देखा परेको छ।

डिजिटल च्याट स्टेशनकाे एक लीकअनुसार वेइबोमा कलरओएस १४ फोल्डको तस्वीर साझा भएकाे बताइएकाे छ। इमेजमा रहेको मोडेल नम्बर (पीजीयू ११०) अनुसार, स्क्रिनसट ओप्पो फाइन्ड एन २ को हो।

यस पोस्टकाे टिप्पणीमा, टिपस्टरले ओप्पोले वान प्लस ११, ओप्पो फाइन्ड एन २, र ओप्पो फाइन्ड एक्स ६ प्रो मा कलरओएस १४ को परीक्षण गरिरहेको बताएका छन्। यसको मतलब तिनीहरूका पूर्ववर्तीहरू जस्तै, यी डिभाइसहरू कलरओएसको नवीनतम संस्करण प्राप्त गर्ने पहिलो हुनेछन्।

त्यस्तै, कलरओएस १४ तस्विरमा देखाइएअनुसार फोल्डेबलका लागि अझ बढी अप्टिमाइज हुनेछ। तसर्थ, फोल्ड गर्न मिल्ने संस्करणले एमआइयूआई फोल्ड जस्तै नयाँ नाम  कलरओएस फोल्ड पाइरहेको बताइएकाे छ।

यद्दपी, कलरओएस प्याड एमआइयूआई प्याड जस्तै हुने या नहुने स्पष्ट नभए पनि ठूला स्क्रिन फोल्डेबल र ट्याब्लेटहरूमा मूलतया समान यूआई भएको हुनाले, त्यहाँ कलरओएस १४ प्याड हुन सक्ने बताइएकाे छ।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार