सोलिड स्टेट ब्याट्रीले ईभीको लागत र आकार आधा हुने टोयोटाका ब्याट्री विशेषज्ञको भनाई

  • Technology Khabar | २० असार २०८०, बुधबार
सोलिड स्टेट ब्याट्रीले ईभीको लागत र आकार आधा हुने टोयोटाका ब्याट्री विशेषज्ञको भनाई

काठमाडौं ।

टोयोटाले आफ्नो सोलिड-स्टेट ब्याट्री टेक्नोलोजीमा सफलता पाएपछि आफ्नो इलेक्ट्रिक गाडीहरूको ब्याट्रीको साइज, लागत र तौल आधा घटाउने महत्वाकांक्षी घोषणा गरेको छ।

जापानी कार निर्माताको टप ब्याट्री विशेषज्ञले मंगलबार ब्याट्री सामग्रीको उत्पादन प्रक्रियालाई सरल बनाउनुले कम्पनीको प्रतीक्षित अर्को पुस्ताको प्रविधिको लागत घटाउने बताए।

‘हाम्रा दुवै लिक्विड र सोलिड–स्टेट ब्याट्रीहरूको लागि हामीले हालको ब्याट्रीहरू धेरै ठूला, भारी र महँगो भएको अवस्थालाई आमूल परिवर्तन गर्ने लक्ष्यमा छौं,’ टोयोटाको कार्बन न्यूट्रलिटीका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष केजी काइताले भने, ‘सम्भाव्यताको सन्दर्भमा, हामी यी सबै कारकहरूलाई आधा गर्ने लक्ष्य राख्नेछौं।’

बिक्रीको आधारमा विश्वको ठूलो कार निर्माता कम्पनीले गत महिना सन् २०२७ सम्ममा आफ्नो सोलिड स्टेट ब्याट्री टेक्नोलोजीलाई विद्युतीय सवारीसाधनमा व्यावसायीकरण गर्ने योजना आफ्नो लगानीकर्ता समक्ष पेश गरेको थियो। टोयोटाले पनि पानासोनिकसँग आफ्नो संयुक्त ब्याट्री भेन्चरमार्फत प्रविधिमा काम गरिरहेको छ।

ईभी ब्याट्रीको चार्जिङ समय, क्षमता र आगो लाग्ने जोखिम जस्ता समस्याहरू समाधान गर्नका लागि उद्योग विशेषज्ञहरूले लामो समयदेखि सोलिड-स्टेट ब्याट्रीहरूलाई सबैभन्दा आशाजनक प्रविधिको रूपमा हेरेका छन्।

तिनीहरूले लिक्विड इलेक्ट्रोलाइटलाई सोलिडसँग बदल्छन् र ग्रेफाइटको सट्टा एनोडमा लिथियम धातु प्रयोग गरिन्छ। हालको लिथियम-आयन ब्याट्रीहरूमा ग्रेफाइट मानकको रुपमा रहेको छ।

तर टेक्नोलोजी महँगो र उत्पादन गर्न गाह्रो छ। कार निर्माताहरूलाई यसको प्रक्षेपणलाई पछाडि धकेल्न र लिक्विड-आधारित लिथियम-आयन ब्याट्रीहरू विकासमा आफ्नो प्रयास केन्द्रित गर्न बाध्य पार्छ।

टोयोटाले सुरुमा सन् २०२५ अघि सोलिड-स्टेट ब्याट्री भएका इलेक्ट्रिक कार नभई हाइब्रिड बिक्री सुरु गर्न चाहेको बताएको थियो।

तर मंगलबार, काइताले कम्पनीले लगभग तीन वर्ष पहिले स्थायित्व समस्याहरू सम्बोधन गर्ने तरिकाहरू पत्ता लगाएको थियो र अब २०२७ वा २०२८ सम्म ईभीमा सोलिड-स्टेट ब्याट्रीहरू ठूलो मात्रामा उत्पादन गर्न पर्याप्त आत्मविश्वास प्राप्त भएको मंगलबार बताए।

टोयोटाले यसलाई समाधान गर्न ‘प्राविधिक सफलता’ गरेको दाबी गरेको छ। सोलिड स्टेट ब्याट्रीले १० मिनेटको चार्जमा १ हजार २०० किलोमिटर रेञ्ज प्रदान गर्छ।

‘हाम्रा सबै सदस्यहरू अत्यधिक उत्प्रेरित छन् र निश्चित समयरेखामा टेक्नोलोजी लन्च गर्ने उद्देश्यका साथ काम गरिरहेका छन्,’ काइताले भने।

‘ब्याट्री सामग्री बनाउन आवश्यक प्रक्रियाहरूको संख्या घटाएर, सोलिड-स्टेट ब्याट्रीहरूको लागत लिक्विड-आधारित लिथियम-आयन ब्याट्रीहरू भन्दा समान वा सस्तो स्तरमा कम गर्न सकिन्छ,’ उनले थपे।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...