शेभ्रोलेको ट्रेलब्लेजर एसयूभी इभी अमेरिकी सडकमा आउने तयारीमा

  • Technology Khabar | १९ असार २०८०, मंगलवार
शेभ्रोलेको ट्रेलब्लेजर एसयूभी इभी अमेरिकी सडकमा आउने तयारीमा

काठमाडौं ।

शेभ्रोले ब्रान्ड अन्तर्गतको नयाँ इलेक्ट्रिक एसयूभी मोडल ‘ट्रेलब्लेजर इभी’ मेक्सिकोको जनरल मोटर्सको रामोस एरिजपे प्लान्टमा औपचारिक रूपमा ठूलो उत्पादन सुरु गरिएको छ। सीईएस २०२२ मा डेब्यु गरेको ट्रेलब्लेजर इभी यस गर्मीयामदेखि संयुक्त राज्य अमेरिकाको सडकमा आउने तयारीमा रहेको उल्लेख छ।

ट्रेलब्लेजर इभीको चार ओटा कन्फिगरेसनहरूबाट प्राथमिकताहरू र बजेटहरूको दायरा अनुसार ४४,९९५ देखि ६५,९९५ अमेरिकी डलर बीचको मूल्यमा छनौट गर्न सकिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

शेभ्रोले ट्रेलब्लेजर ईभी चीनमा पनि लन्च हुन सक्ने

ट्रेलब्लेजर इभी परिवारमा १एलटी, २एलटी, आरएसका साथै शेभ्रोलेको लाइनअपमा ब्रान्डको अहिलेसम्मकै पहिलो इलेक्ट्रिक एसएस पर्फमेन्स मोडल समावेश रहेको उल्लेख गरिएकोछ। यसबाहेक, एसएस भेरियन्टमा आधारित पुलिस पर्सुट भेहिकल (पीपीभी) मोडल पुलिस फ्लीटहरूलाई उपलब्ध गराइने बताइएको छ।

ट्रेलब्लेजर ईभी हाल अमेरिकी बजारमा केन्द्रित रहेको तर पायोनियर मोडलको इन्धन संस्करणको लोकप्रियतालाई ध्यानमा राख्दै यसलाई चीनमा पनि ल्याइने अनुमान गरिएको उल्लेख छ।

जीएमको अल्टियम प्लेटफर्ममा आधारित रहेर निर्मित नयाँ चेभ्रोले ट्रेलब्लेजर इभीले जीएम अन्तर्गत अन्य विद्युतीय मोडलहरूसँग यसको प्राविधिक आधार साझा गरेको छ। यस ट्रेलब्लेजर इभीको बाहिरी डिजाइन यसको इन्धन उत्सर्जन समकक्षबाट अलग हुनुका साथै दुई ओटा छुट्टै रङ्गको बडी र क्लोज्ड फ्रन्ट फेस रहेको उल्लेख गरिएको छ। साथै यस ट्रेलब्लेजर इभीमा सहजताको लागि यसको चार्जिङ पोर्ट लेफ्ट फ्रन्ट फेन्डरमा रहेको बताइएको छ।

ट्रेलब्लेजर इभीको केबिन भित्र भने प्रिमियम मटेरियल्स, टर्बो इन्जिन–इन्सपायर्ड कन्टिसनिङ्ग भेन्ट्स, १७.७ इन्चको विशाल सेन्ट्रल कन्ट्रोल स्क्रिन र ११ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समेटिएको छ।

अल–ह्विल ड्राइभले सुसज्जित रेञ्ज–टपिङ्ग शेभ्रोले ट्रेलब्लाजर एसएस मोडल उल्लेखनीय प्रदर्शन क्षमताहरूको साथ भिन्न रहेको उल्लेख गरिएको छ। ट्रेलब्लेजर ईभीले ५५७ हर्सपावर (४१५ किलोवाट) र ८७७ एनएम पीक टर्क प्रदान गर्दै यसमा युनिक डब्ल्यूओडब्ल्यू (वाइड ओपन वाट्स) मोड पनि समावेश गरिएको बताइएको छ। त्यसैगरी ४ सेकेन्डभन्दा कम समयमा ० देखि ६० माइल प्रतिघण्टाको गतिमा ट्रेलब्लेजर एसएसले हाई–पर्फमेन्स ब्रेम्बो ब्रेक सिस्टमका साथ चल्नेछ।

प्रकाशित: १९ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...