Technology Khabar १९ असार २०८०, मंगलवार
काठमाडौं ।
केही समय अघि, इलन मस्कले ब्लू टिक प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा २ घण्टासम्म एचडी सामग्री अपलोड गर्न सक्ने सुविधा दिएका थिए। त्यसपछि धेरै प्रयोगकर्ताहरूले यो सुविधाको फाइदा उठाए र पूरै चलचित्र, सिरियल आदि ट्विटरमा अपलोड गरेका छन्।
तर सशुल्क प्रयोगकर्ताहरूसँग मात्र लामो भिडियोहरू अपलोड गर्ने विकल्प छ। नि:शुल्क प्रयोगकर्ताहरूले ट्विटरमा अहिलेपनि केवल २ मिनेट २० सेकेन्डको भिडियो मात्र अपलोड गर्न सक्छन्। यसैबीच, मस्कले चाँडै लामो भिडियोहरूको समय बढाउने बताएका छन्।
वास्तवमा, ट्विटरमा, लेक्स फ्रिडम्यान नामका प्रयोगकर्ताले मस्कलाई भने, “हामीले प्लेटफर्ममा ३ घण्टाको सामग्री अपलोड गर्न सके राम्रो हुन्छ।” सो ट्वीटको जवाफमा, मस्कले यो चाँडै आउने बताए। यसको अर्थ, ब्लु टिक प्रयोगकर्ताहरूले चाँडै ट्विटरमा १८० मिनेटसम्मको भिडियो सामग्री अपलोड गर्न सक्नेछन्।
यसका साथै मस्कले स्मार्ट टिभीका लागि पनि ट्विटरको भिडियो एप ल्याउने भएका छन् । केही समय अघि एक प्रयोगकर्ताले मस्कलाई ट्याग गर्दै लेखेका थिए कि फोनमा लामो भिडियोहरू हेर्दा समस्या हुन्छ, यो हामी सबैले टिभीमा हेर्न सके राम्रो हुनेछ। जवाफमा मस्कले यो पनि छिट्टै आउने बताएका थिए। यसको मतलब छिट्टै तपाईंले स्मार्ट टिभीमा ट्विटर भिडियोहरू हेर्न सक्षम हुनुहुनेछ।
तर यो कहिलेसम्म आउनेछ भन्ने कुनै जानकारी भने छैन्।
प्रकाशित: १९ असार २०८०, मंगलवार