
काठमाडौं ।
फोरमिराकल भाइब्सले पब्जी मोबाइल रिजनल क्ल्यास साउथ इस्ट एशिया भर्सेस साउथ एशियाको उपाधी जितेको छ। फोरमिराकल भाइब्सले पहिलो पटक आयोजना भएको साउथ इस्ट एशिया भर्सेस साउथ एशियाको रिजनल क्ल्यासको उपाधी जितेको हो।
साउथ एशिया रिजनको फोरमिराकल भाइब्सले कुल २४ खेलमा २२५ प्वाइन्ट प्राप्त गर्दै उपाधी उचालेको हो। कुल पाँच चिकेन डिनल लिएको फोरमिराकल भाइब्सले इलिमिनेसनबाट १५१ प्वाइन्ट र प्लेसमेन्टबाट ७६ प्वान्ट प्राप्त गरेको थियो।
उपाधीसँगै फोरमिराकल भाइब्सले ३ हजार अमेरिकी डलर पनि जितेको छ।
दोस्रो साउथ इस्ट एशियाको बुम ईस्पोर्ट्स भएको हो। बुक ईस्पोर्ट्सले २०२ प्वान्ट प्राप्त गरेको थियो। बुमले ३ चिकेन डिनर सहित १४० इलिमिनेसन प्वाइन्ट र ६२ प्लेसमेन्ट प्वाइन्ट हासिल गरेको थियो। उपविजेता बुमले २ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
साउथ एशिया रिजनकै एनबी ईस्पोर्ट्स तेस्रो भएको छ। एनबीले कुल १५९ प्वान्ट प्राप्त गरेको थियो। एनबीले १ हजार ७५० अमेरिकी डलर प्राप्त गरेको छ।
गत शुक्रबारदेखि सोमबारसम्म आयोजना भएको प्रतियोगितामा साउथ एशिया र साउथ इस्ट एशियाका १६ उत्कृष्ट पब्जी टिमले प्रतिस्पर्धा गरेका थिए। दुवै रिजनबाट समान ८÷८ टिमको सहभागिता थियो।
यस प्रतियोगितामा नेपालका तीन टिम पनि सहभागी रहेका थिए। प्रतियोगितामा नेपाली टिमहरुको प्रदर्शन उल्लेखनिय रहन सकेन। लियो ईस्पोर्ट्स अन्तिम, टी२के लियो भन्दा एक स्थान माथि र डीआरएस गेमिङले १२ औं स्थानमा रहँदै प्रतियोगिता अन्य गरेका छन्। यी तीन नेपाली टिमले समान ७५० अमेरिकी डलर प्राप्त गरेका छन्।
यस प्रतियोगिताको कुल पुरस्कार राशी २० हजार अमेरिकी डलर थियो।
प्रकाशित: १८ असार २०८०, सोमबार