सोलार–पावर्ड ‘एस८० सोलार स्कूटर’ अनावरण 

Technology Khabar १९ असार २०८०, मंगलवार

काठमाडौं ।

चिनियाँ कम्पनी जियाङसु स्नेल जिक्सिङ्ग टेक्नोलोजीले एस८० सोलार स्कुटरको घोषणा गरेको छ। एस८० सोलार स्कूटर एक कम्प्याक्ट इलेक्ट्रिक स्कूटर भएको र यसको सोलार पावर जेनेरेसन मेकानिजम (सौर्य ऊर्जा उत्पादन संयन्त्र) बाट स्कूटरले असीमित दायरा प्रदान गर्ने बताइएको छ।

यस नयाँ ई–स्कुटरलाई युरोबाइक २०२३ ट्रेड शोका द्वौरान प्रदर्शनमा राखिएको थियो। साथै यस नयाँ स्कूटरले माइक्रो–मोबिलिटी समाधानको रूपमा इलेक्ट्रिक स्कूटरको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

स्ट्यान्ड–अप किक स्कूटर सोलार प्यानल इन्टिग्रेसनको लागि सतह क्षेत्रको कमीको चुनौतीलाई पार गर्न सक्ने डिजाइनको साथ आएको बताइएको छ। साथै स्कूटरको उपलब्ध सानो सतह क्षेत्रलाई पनि अधिकतम बनाउने तवरमा यस एस८० सोलार स्कूटरको डिजाइन गरिएको बताइएको छ। यस स्कुटरमा विस्तारित फ्रन्ट पोर्सन रहेको र त्यसमा बिजुली उत्पादनको लागि भनेर सोलार प्यानललाई हाउस गरिएको छ।

स्कूटर सवार गरिरहेको बेला दायराको बारेमा चिन्ता हटाउनका लागि सौर्यको ऊर्जा प्रयोग गर्ने प्रयास गर्ने एस८० सोलार स्कूटर सबैभन्दा नयाँ ई–स्कूटर भएको उल्लेख छ।

एस८० सोलार स्कूटरलाई पूर्ण रुपमा चार्ज हुनको लागि ७ देखि १४ घन्टासम्म सूर्यको किरण चाहिने उल्लेख गरिएको छ। साथै यूनिक देखिने यस स्कूटरमा रहेको इन–बिल्ट ब्याट्री चार्ज गर्नको लागि स्कूटरले ३५ वाट र ७० वाट बीचको पावर प्रदान गर्न सक्ने बताइएको छ। पूर्णरुपमा चार्ज भएको स्कूटरले २२ माइल (३५ किलोमिटर) को दायरा दिने र धेरैजसो दैनिक सहरी यात्राहरूको लागि उक्त दायरा पर्याप्त भएको उल्लेख गरिएको छ। त्यसैगरी फ्लोरबोर्ड भित्र राखिएको ब्याट्रीले ३५० वाट सम्मको आउटपुट भएको रियर हब मोटरलाई पावर दिने छ। एस८० सोलार स्कुटरको उच्च गति १५.५ माइल प्रति घण्टा (२५ किमी/घण्टा) रहेको बताइएको छ।

स्कुटरमा लोकेसन र एन्टि–थेप्ट उद्देश्यका लागि बिल्ट–इन जीपीएसका साथै स्पिड, ब्याट्री स्ट्याटस, टर्न सिग्नल र क्रूज कन्ट्रोल्स जस्ता राइड विवरणहरूको लागि राम्रोसँग राखिएको डिजिटल प्यानल समावेश गरिएको छ।

जियाङसु एस८० सोलार स्कूटर छिट्टै अमेरिकी बजारमा उपलब्ध हुने अनुमान गरिएको छ। यस स्कूटरले अमेरिकामा कानुनी रुपमा बिक्री गर्नको लागि सबै प्रमाणीकरण परीक्षणहरू पास गरेको बताइएको छ। सो स्कुटरको मूल्य अमेरिकामा १,४०० डलर हुने बताइएको छ।

प्रकाशित: १९ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया