जोमाटोले टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर मार्फत फूड डेलिभर गर्ने

  • Technology Khabar | १९ असार २०८०, मंगलवार
जोमाटोले टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर मार्फत फूड डेलिभर गर्ने

काठमाडौं ।

टीभीएस मोटर कम्पनीले फूड डेलिभरी प्लेटफर्म जोमाटोसँग साझेदारीको घोषणा गरेको छ। यो सम्झौतासँगै जोमाटोले आफ्नो लास्ट माइल डेलिभरी सिस्टमलाई इलेक्ट्रिफाई गर्नेछ।

यस साझेदारी अनुरुप टीभीएसले २ वर्ष भित्रमा टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटरको १० हजार यूनिट डिप्लोय गर्नेछ। साथै टीभीएसले आफ्नो आईक्यूब स्कुटर उपयोग गर्ने डेलिभरी पार्टनर्सका लागि चार्जिङ स्टेशन एक्सेस प्रदान गर्नेछ।

भारतमा लास्ट माइल डेलिभरी विजनेस तीब्र गतिमा बढी रहेको छ। डेलिभरी सर्भिसमा इलेक्ट्रिक सवारीको प्रयोग गर्दा फ्यूल खर्च कम हुनुका साथै उत्सर्जन पनि कम हुनेछ।

टीभीएस आईक्यूब तीन भेरियन्ट स्ट्यान्डर्ड, एस र एसटीमा उपलब्ध छ। टीभीएस आईक्यूब एसटीमा ४.५६ किलोवाट आवर लिथियम आयन ब्याट्री र ३ किलोवाट इलेक्ट्रिक मोटर दिइएको छ। टीभीएस आईक्यूब एसटी फूल चार्जमा १४५ किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ।

टीभीएस आईक्यूबको स्ट्यान्डर्ड भेरियन्टमा ५.० इन्चको कलर टीएफटी टचस्क्रीन डिस्प्ले छ। स्कुटरमा कनेक्टेड फिचर पनि विस्तार गरिएको छ र ७.० इन्च स्क्रीन भेरियन्टमा एलेक्सा इन्टिग्रेसन छ।

यसको टप स्पीड ८२ किलोमिटर प्रति घण्टा छ। एसटी भेरियन्टमा ३२ लिटरको अन्डरसीट स्टोरेज कम्पार्टमेन्ट छ। नयाँ टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटरमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ।

एस र एसटी भेरियन्टमा ६५० वाट र ९५० वाटको पोर्टेबल चार्जर दिएको छ। जसले क्रमशः ४.५ घण्टा र ३ घण्टामा स्कुटरको ब्याट्री पूर्ण रुपमा चार्ज गर्न सक्छ। यस्तै, एसटी भेरियन्टमा १.५ किलोवाट पोर्टेबल फास्ट चार्जरको विकल्प पनि छ।

टीभीएस आईक्यूब स्कुटर ब्लूटूथ कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट, जियो फेन्सिङ, थेफ्ट अलर्ट, टर्न बाय टर्न नेभिगेशन, राइड मोड, कल अलर्ट, म्यूजिक कन्ट्रोल, पार्क असिस्ट लगायत फिचर्स दिइएको छ। यी फिचर्सलाई डिस्प्लेबाट एक्सेस गर्न सकिन्छ।

प्रकाशित: १९ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...