आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

  • Technology Khabar | २६ मंसिर २०७४, मंगलवार
आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं, २६ मंसिर। आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ। मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आइतवार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन्। यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सक्नेछन्।

नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

नेपालस्थित ग्लोबल आइएमई बैंक र भारत स्थित आरबीएल बैंक सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन्।

प्रकाशित: २६ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...