
काठमाडौं ।
फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत सामान बिक्री गर्नेले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले राष्ट्रिय सभामा असार १२ गते दर्ता गरेको विद्युतीय व्यापार विधेयक, २०८० ले प्लेटफर्म (वेबसाइट, एप्लिकेसन लगायत) स्थापना गरी नगरी विद्युतीय व्यापार गर्नेलाई जरिवाना व्यवस्था राखिएको छ।
विधेयक (१) दफा २१ को खण्ड (क), (ख) वा (ग) बमोजिमको कसूर गरेमा निरीक्षण अधिकृतले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।
दफा २१ को खण्ड (क) मा दफा ४ बमोजिम विद्युतीय प्लेटफर्म स्थाना नगरी विद्युतीय व्यापार गरेमा, खण्ड (ख) दफा ५ बमोजिम सूचीकरण नगरी व्यवसाय सञ्चालन गरेमा र खण्ड (ग)मा दफा ६ बमोजिम वस्तु वा सेवा सम्बन्धी विवरण नखुलाई विद्युतीय व्यापार गरेमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।
विद्युतीय व्यापार विधेयक, २०८०
o7vdqh0q7f63btubप्रकाशित: १५ असार २०८०, शुक्रबार