
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस २३ एफई मार्फत चाँडै नै आफ्नो स्मार्टफोनका एफई लाइनअपलाई पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ। चीनको थ्री सी एजेन्सीको सूचीमा देखा परेको ग्यालेक्सी एस २३ एफइले २५ वाट चार्जिङ गतिलाई समर्थन गर्ने अपेक्षा गरीएको छ।
डिभाइस एसएम (एस ७११०) आईडेन्टीफायर को साथ सूचीबद्ध रहेको बताइएको छ। हालैका अफवाहहरूमा, एस २३ एफई ले एफएचडी प्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस दरको साथ ६.४ इन्च एमोलेड डिस्प्ले ल्याउने छ।
आगामी डिभाइसमा ६/८ जीबी र्याम र १२८/२५६ जीबी भण्डारणको साथमा एक्सिनोस २२०० चिपसेट हुने सम्भावना रहेको पनि उल्लेख छ।
रिपोर्टहरुका अनुसार, स्मार्टफोन ४,५०० एमएएच ब्याट्री र पछाडि ५० एमपी मुख्य क्यामराको साथ हुने छ। कम्पनीले यो आगामी महिनाहरूमा लन्च गर्ने चर्चा रहेकोछ।
प्रकाशित: १६ असार २०८०, शनिबार