
काठमाडौं ।
चिनियाँ स्मार्टफोन उत्पादक नुबियाले बहुप्रतिक्षित रेड म्याजिक ८एस प्रो ५ जुलाईमा चीनमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यो आगामी डिभाइस गत वर्षको रेड म्याजिक ८ प्रोको उत्तराधिकारी हो र यसले आफ्नो प्रभावशाली स्पेसिफिकेशनका साथ पहिले नै बज उत्पन्न गर्दै आएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
कम्पनीले स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक हुन अघि केही जानकारी बाहिर ल्याएको छ।
रेड म्याजिक ८एस प्रोमा शक्तिशाली ६ हजार एमएएच ब्याट्रीले १६५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन १४ मिनेटमा फूल चार्ज हुने कम्पनीको दाबी छ। यसको ब्याट्रीले गेमरहरुलाई गेमको दौरान मोबाइल चार्ज गर्दै खेल्नुपर्ने बाध्यता धेरै हदसम्म कम गर्ने विश्वास गरिएको छ।
क्वालकम स्न्यापड्रागन ८ प्लस जेन २ फ्ल्यागसिप चिपसेटबाट सुसज्जित रेड म्याजिक ८एस प्रोले उत्कृष्ट पर्फमेन्स र सहज मल्टिटास्किङ क्षमताहरु प्रदान गर्न सक्षम छ।
थप रुपमा नुबियाले प्रयोगकर्ताहरुको लागि डिजाइनमा दुई विकल्प प्रस्ताप गरेको छ। एउटामा कूलिङ फ्यानको लागि पछाडि आरजीबी लाइटिङ र अर्कोमा विकल्पमा आरजीबी लाइटिङ दिइएको छैन।
रिपोर्टका अनुसार रेड म्याजिक ८एस प्रो २४ जीबी र्यामका साथ आउने पहिलो स्मार्टफोन हुनेछ। अन्य ब्राण्ड रियलमी र वानप्लसले पनि यस्तै र्याम क्षमता भएका डिभाइसहरु प्रस्तुत गर्ने योजना घोषणा गरेका छन्।
प्रकाशित: १६ असार २०८०, शनिबार