मोबाइलको स्क्रीन अनलक गर्दा मोबाइलमा निशुल्क टपअप

  • Technology Khabar | २५ मंसिर २०७४, सोमबार
मोबाइलको स्क्रीन अनलक गर्दा मोबाइलमा निशुल्क टपअप

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । अधिकांश मानिसहरु आफ्नो मोबाइल फोनको सुरक्षाको लागि फोन लक गरेर राख्ने गर्दछन् ।

फोनमा भएका विभिन्न डाटाहरुको सुरक्षा र गोपनियताको लागि मोबाइल फोन लक गर्नु सामान्य विषय हो । यस्तो तपाईँ हामी सबैले नियमितरुपमा गरिरहेका हुन्छौं । र आवश्यकताअनुसार फोनलाई अनलक गरेर विभिन्न कार्यहरु गर्ने गर्दछौं ।

अब भने तपाईँले मोबाइल फोन अनलक गरेर आम्दानी गर्न सक्नुहुने भएको छ । आफ्नो मोबाइल फोन गरेर प्रयोगकर्ताले दैनिकरुपमा मोबाइलमार्फत आम्दानी गर्न सक्ने भएको हो ।

मोबाइल स्क्रीन अनलक गरेर तपाईँले हरेक साता फ्री टप अपको लागि रकम जम्मा गर्न सक्नुहुनेछ । यसको लागि केवल तपाईँले आवश्यक गरेको बेलामा आफ्नो मोबाइलको स्क्रीन अनलक गर्नुपर्नेछ ।

तर यो सुविधा नेपाली उपभोक्ताहरुको लागि भने होईन् । यो त छिमेकी मुलुक भारतमा एउटा टेलीकम कम्पनीले ल्याएको हो । भारतको टेलीकम कम्पनी एयरसेलले नयाँ अफर सार्वजनिक गर्दै मोबाइल स्क्रीन अनलकमा निशुल्क टप अप दिने भएको हो ।

कम्पनीले यसको लागि ओपन२अर्न (OPEN2EARN) नामक मोबाइल एप सार्वजनिक गरेको छ । यो एपले तपाइृँको स्क्रीन अनलक भएमा कमाउने अवसर दिन्छ । यही एपको माध्यमबाट प्राप्त हुने निश्चित प्वाइन्टको आधारमा तपाईँले हरेक साताा टप अप गराउन सक्नुहुनेछ ।

एयरसेलको वेवसाइटकाअनुसार यो एप गूगलको प्लेस्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । हाल यो एप एन्ड्रोयडको ४.१ भर्सन वा सो भन्दा नयाँ भर्सनहरुमा मात्र प्रयोग गर्न सकिन्छ ।

अझ स्पष्टरुपमा भन्दा यो एप डाउनलोड गरेपछि तपाईँले जब आफ्नो मोबाइलको स्क्रीन अनलक गर्नुहुन्छ, त्यसपछि तपाईँको मोबाइल स्क्रीनमा विज्ञापन देखिन्छ र यही विज्ञापन हेरे बापत तपाईँलाई निश्चित अंक प्राप्त हुन्छ ।

एप डाउनलोड गरेपछि तपाईँले यसमा आफ्नो मोबाइल नम्बरहितको जानकारीहरु भर्नुपर्ने हुन्छ । त्यसपछि तपाईँले आफूलाई मनपर्ने क्याटोगरी सेलेक्ट गरेपछि तपाईँको स्क्रीनमा विज्ञापन देखिन शुरु हुन्छ ।

कम्पनीकाअनुसार हरेक साता तपाईँले अधिकतम भारु १० रुपैयाँको टप अप जित्न सक्नुहुनेछ । यस्तो विज्ञापन तपाईँले आवश्यकताअनुसार बन्द गर्न समेत सक्नुहुन्छ । १० रुपैयाँको टपअप लिनका लागि तपाईँले कम्तिमा ६० प्वाइन्ट प्राप्त गर्नुपर्ने हुन्छ ।

यस्तो निशुल्क टपअपको व्यवस्था एयरसेल कम्पनीको मोबाइल नम्बर प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध हुनेछ । अन्य कम्पनीका प्रयोगकर्ताहरुले हेरेपनि यस्तो सुविधा पाउँदैनन् ।

यो एपले विज्ञापन देखाउनका लागि हरेक महिना तपाईँको १५० एमबी डाटा प्रयोग गर्दछ र यस्तो डाटाको लागि भने मोबाइल प्रयोगकर्ताको मोबाइलमा भएको रकमबाट काटिने कम्पनीले उल्लेख गरेको छ । त्यसैले यस्तो विज्ञापनबाट आम्दानी गर्न खोज्दा आफ्नै फोनको अधिक रकम गुमाउने तर्फभने सर्तक हुनु पर्दछ ।

प्रकाशित: २५ मंसिर २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार