
काठमाडौं ।
नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ।
विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने बताईएको छ।
“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ।
एक्सभीओडीमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ। एक्सभीओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो। कम्पनीकाअनुसार यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाइफाइ डोङ्गल वा ल्यान केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।
डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने जनाएको छ।
प्रकाशित: १३ असार २०८०, बुधबार