
काठमाडौं ।
एप्पलले आफ्नो ‘साइलो’ सिरिजको सम्पूर्ण पहिलो एपिसोड ट्विटरमा पोस्ट गरेको छ। योसँगै ट्विटर प्रयोगकर्ताले निःशुल्क रुपमा साइलोको पहिलो एपिसोड हेर्न सक्छन्।
ट्विटरले आफ्नो सब्सक्राइबरलाई लामो भिडियो अपलोड गर्न अनुमति दिने व्यवस्थामा कम्पनीले दाउ खेलेको इनग्याजेडले उल्लेख गरेको छ।
साइलो अमेरिकी लेखक ह्यू होवेको विज्ञान कथा उपन्यास वूलमा आधारित छ। यो पृथ्वीको पोस्ट-अपोकेलिप्टिक भर्सनमा छ। जहाँ मानवताको बाँकी साइलोमा सीमित छ, एउटा १४४ तला भूमिगत बंकर जसले आत्मनिर्भर भूमिगत समुदायको रूपमा काम गर्दछ।
त्यहाँका नागरिकहरूलाई साइलो बाहिरको संसार खतरनाक भनिएको हुन्छ। तर साइलो बाहिर के छ भन्ने प्रश्न उठ्छ।
रिपोर्टका अनुसार एप्पले सिरिजको दोस्रो सिजनका लागि नवीकारण गरिसकेको छ।
प्रकाशित: १४ असार २०८०, बिहीबार