काठमाडौं ।
एप्पलले ३० इन्च भन्दा ठूलो डिस्प्लेयुक्त आइम्याक विकास गरिरहेको छ।भर्खरको डब्ल्यूडब्ल्यूडीसी २०२३ कार्यक्रममा, टेक जायन्टले एम २ अल्ट्रा प्रोसेसरको साथ १५ इन्चको म्याकबुक एयर र नयाँ म्याक मोडेलहरू प्रस्तुत गरेको थियो।
आइ म्याक आजसम्मको सबैभन्दा प्रतिष्ठित कम्प्युटर मोडेलहरू मध्ये एक रहेको तथा यसको अल- इन- वन डिजाइन र सौन्दर्य अपीलले यसलाई वर्षौं प्रयोगकर्ताहरू माझ मनपर्ने बनाएको छ। २०२१ मा, एप्पलले एम १ प्रोसेसरको साथ आइ म्याकलाई शक्तिशाली बनाउँदै डिजाइनमा नविनता ल्याएको बताइएको छ। यद्यपि, कम्पनीले स्क्रिन साइजमा एक कदम पछाडि फर्किएको उल्लेख गरीएको छ।
एप्पलले २७ इन्च स्क्रिनको साथ ठूलो आइ म्याक बनाउन प्रयोग गरेकोमा २०२१ मा कम्पनीले २४ इन्चको स्क्रिन भएको नयाँ मोडलहरू सार्वजनिक गरेको थियो। बाक्लो बेजेल र कम स्क्रिन-टु-बडी अनुपातको साथमा यो परिवर्तन गर्दा केही प्रयोगकर्ताहरूबाट आलोचना खेपेको थियो।
सानो स्क्रिन साइज र बाक्लो बेजेलले नयाँ आइ म्याक पुरानो देखिएको भन्दै आलोचना भएको हो। केहि प्रयोगकर्ताहरूले सानो स्क्रिन आकार रहेको तथा उनीहरूको आवश्यकताको लागि पर्याप्त नभएको महसुस गरेको उल्लेख छ। एप्पलले यी आलोचनाहरू सुनेर केही परिवर्तन गर्ने निर्णय गरेको रिपोर्टमा उल्लेख छ।
मार्क गुरम्यानका अनुसार एप्पलले ३० इन्चभन्दा माथिको डिस्प्ले भएको नयाँ आइ म्याक विकास गरिरहेको तथा यो अहिलेसम्म कै बनेको मध्ये सबैभन्दा ठूलो आइ म्याक हुने बताइएको छ। कम्पनीले २०२१ मा २७ इन्च आइ म्याक र आइ म्याक प्रो उत्पादन बन्द गरेपछिको एप्पलको लाइनअपमा यसले अभाव पूर्ति गर्ने बताइएको छ।
नयाँ आइ म्याक रिलिज हुनका लागि, कम्तिमा एक अथवा दुई वर्ष बढी लाग्ने बताइएको छ। गुरम्यान भन्छन्, “यो ‘अझै बाहिर’ छ यसले नयाँ आइ म्याक अझै विकासको प्रारम्भिक चरणमा छैन भन्ने सुझाव दिएको पनि बताइएको छ।
गुरम्यानले २४ इन्चको आइ म्याक लाई अर्को वर्षको सुरुमा अझैसम्म अघोषित एम ३ चिपको साथ अद्यावधिक हुने अपेक्षा गरेको पनि बताएका छन्। यद्यपि, नयाँ आइ म्याक वा एम ३ प्रोसेसरको विषय केवल हल्ला चलेकाले रिलीजको आधिकारीक खबर भने प्राप्त नभएको उल्लेख छ।
प्रकाशित: १४ असार २०८०, बिहीबार