हेलो सरकारलाई ससक्त बनाईने, स्रोत साधनको अभाव हुन नदिइने प्रधानमन्त्रीको भनाई

  • Technology Khabar | १३ असार २०८०, बुधबार
हेलो सरकारलाई ससक्त बनाईने, स्रोत साधनको अभाव हुन नदिइने प्रधानमन्त्रीको भनाई

काठमाडौं ।

सरकारले आगामी दिनमा हेलो सरकारलाई ससक्तरुपमा संचालनमा ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा दिएको विभिन्न विषयमा उठेका प्रश्‍नको जवाफ दिँदै पछिल्लो समयमा सामाजिक सञ्‍जाल र नागरिक एपको माध्यमबाट प्राप्‍त हुने गुनासो पनि सम्बोधन भइरहेको बताए।

“सार्वजनिक सेवा वितरण प्रणालीमा देखिने जनताका गुनासालाई सम्बोधन गरी सार्वजनिक सेवालाई थप जिम्मेवार बनाउन तथा आम नागरिकका समस्यालाई समयमै सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०६८ कार्तिक १७ गतेदेखि “हेलो सरकार” सञ्‍चालनमा आएको हो। नागरिकका गुनासा सिधै प्रधानमन्त्रीसम्म पुग्ने र तत्काल सम्बोधन हुने गरी एक संयन्त्र हुनुपर्छ भन्‍ने अवधारणामा यो आधारित छ,” उनले भने।

प्रधानमन्त्री दाहालले विद्युतीय पोर्टलमार्फत् नेपाल सरकारका सबै मन्त्रालय, केन्द्रीय निकाय तथा तीनै तहका सार्वजनिक निकायहरूको काम कारबाहीका बारेमा प्राप्‍त हुने जनगुनासोको व्यवस्थापन गर्न प्रभावकारी देखिएको यो प्रणाली सुसञ्‍चालनका लागि स्रोत साधनको अभाव हुन नदिइने स्पष्ट पारे।

प्रकाशित: १३ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...