१५ दिनको पर्यटन भिसामा चिनियाँ अर्बपति ज्याक मा नेपालमा

  • Technology Khabar | १२ असार २०८०, मंगलवार
१५ दिनको पर्यटन भिसामा चिनियाँ अर्बपति ज्याक मा नेपालमा

काठमाडौं ।

चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। ज्याक मा १५ दिनको पर्यटन भिसामा नेपाल आएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए।

‘उहाँ कुन काम विशेषले नेपाल आउनु भएको थाहा छैन,’ भुसालले टेक्नोलोजीखबरसँग भने, ‘उहाँसँग १५ दिनको पर्यटन भिसा छ।’

ज्याक मा बंगलादेशबाट बोइङ भीपीसीएमए७३७ चार्टड फ्लाईटबाट २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा अवतरण भएका हुन्।

उनीसहित ७ जनाको टोली उक्त बोइङबाट नेपाल आएको अध्यागन विभागले जानकारी दिएको छ। उनको टोलीमा एक जना महिला र ६ जना पूरुष छन्।

प्रकाशित: १२ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार