नुबियाको रेड म्याजिक ८एस प्रो गेमिङ स्मार्टफोन ५ जुलाईमा सार्वजनिक हुने

  • Technology Khabar | १२ असार २०८०, मंगलवार
नुबियाको रेड म्याजिक ८एस प्रो गेमिङ स्मार्टफोन ५ जुलाईमा सार्वजनिक हुने

काठमाडौं ।

नुबियाको रेड म्याजिक ८एस प्रो गेमिङ स्मार्टफोन ५ जुलाईमा सार्वजनिक हुने भएको छ। नुबियाले विईवोमा आफ्नो नयाँ रेड म्याजिक ८एस प्रो गेमिङ स्मार्टफोन सार्वजनिकको लागि निमन्त्रणा पोस्ट गरेको छ।

आधिकारिक पोस्टर अनुसार डिभाइस अर्को हप्ता ५ जुलाईमा घोषडा गरिनेछ। सार्वजनिक कार्यक्रम चीनमा आयोजना हुनेछ।

रिपोर्टका अनुसार रेड म्याजिक ८एस प्रो गेमिङ स्मार्टफोनमा ओभरक्लोक गरिएको कोरको साथ स्न्यापड्रागन ८ प्लस जेन २ प्रोसेसरमा उपलब्ध हुनेछ।

ग्याजेटमा १२० हर्ट्स रिफ्रेस रेटसहितको ६.८ इन्चको ओएलईडी स्क्रीन हुनेछ। सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामर, ५० एमपी प्लस ८ मेगापिक्सलको सेन्सरसहितको ट्रिपल मे क्यामरा प्लस म्याक्रो फोटोको लागि सेन्सर छ। फोनमा ५ हजार एमएएचको ब्याट्री छ।

साथै कार्यक्रममा रेड म्याजिक गेमिङ ट्याब्लेट पनि घोषणा गरिने सम्भावना छ। इो डिभाइसको विषयमा धेरै जानकारी उपलब्ध नभएको ग्याजेडले उल्लेख गरेको छ।

प्रकाशित: १२ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १२ असार २०८०, मंगलवार