
काठमाडौं ।
नेपाल टेलिकमले सडक बिस्तार गर्दा आफ्नो फाइबर तार काटिदिएको भन्दै हेटौंडा पूर्वका केहि स्थानमा सेवा बन्द भएको जानकारी दिएको छ।
कम्पनीले सडक विस्तारका क्रममा हेटौंडास्थित भाटभटेनी सुपर स्टोरदेखि दूरसञ्चार कार्यालय हेटौंडासम्मका स्थानमा अप्टिकल फाइबरमा क्षति पुगेको कारण पूर्वका केही क्षेत्रमा कम्पनीको सेवामा समस्या रहेको जानकारी गराएको छ।
यसैगरी कम्पनीद्वारा रेडियो ट्रान्समिसनको वैकल्पिक माध्यमबाट भ्वाइस सेवा सुचारु गरिसकिएको जनाएको छ।
यस बाहेकका अन्य सेवा सुचारु गर्न मर्मत कार्यसमेत शुरु गरिसकिएको टेलिकमले सूचनामा भनेको छ। सेवामा आएको समस्याका कारण ग्राहवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ।
यसअघि पनि पटक पटक सडक बिस्तारको क्रममा नेपाल टेलिकमका अप्टिकल फाइबर काटिँदा सेवा ठप्प भएका छन्।
प्रकाशित: १० असार २०८०, आईतवार