
काठमाडौं ।
नेपाल टेलिकमको सिस्टम आजराती करिब ४ घण्टासम्म अवरुद्द हुने भएको छ। कम्पनीले सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज मध्यरातमा सेवामा समस्या आउनसक्ने जानकारी दिएको हो।
कम्पनीकाअनुसार आज असार १० गते राती ११:४५ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वेरी तथा रिचार्ज सेवा अबरुद्द हुन सक्ने छ।
तर सो बाहेकका सेवाहरु सुचारु रहने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ।
प्रकाशित: १० असार २०८०, आईतवार