यी हुन् दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका प्रतिस्पर्धी, को होला नियुक्त?

  • Technology Khabar | १० असार २०८०, आईतवार
यी हुन् दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका प्रतिस्पर्धी, को होला नियुक्त?

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि सरकारले माग गरेको आवेदनमा पाँच जनाको निवेदन परेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १९ गते सूचनामार्फत दरखास्त माग गरेको थियो। जसअनुसार पाँच जनाको दरखास्त योग्य भएको छ।

दरखास्त हालेका मध्येका मन्त्रालयले स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तासमेत सकिईसकेको छ।

मन्त्रालयकाअनुसार दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन स्वीकृत भएका उम्मेदवारमा उपेन्द्र कुमार प्रधान, इन्द्रमणी पोखरेल, विश्व प्रकाश गौतम, नवराज अधिकारी र दिपेन्द्र कुमार मिश्र रहेका छन्।

उनीहरुको व्यावसायिक कार्ययोजनासहितको अन्तरवार्तामार्फत मन्त्रालयले तीन जनाको नाम सिफारिस गर्नेछ। जसमध्येबाट एक जनालाई सरकारले दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा ५ वर्षका लागि नियुक्त गर्नेछ।

हाल सो पद रिक्त रहेको छ। यसअघि उक्त पदमा सरकारले राममणी दुवाडी कार्यरत थिए। उनको पदावधी गएको जेठ ३० गते सकिएको छ।

सरकारले यसै साताको पहिलो मन्त्रिपरिषद बैठकबाट सो पदका बारेमा निर्णय गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रकाशित: १० असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...