एप्पल आईफोन एसई ४ अर्को वर्ष पनि लन्च नहुने सम्भावना

  • Technology Khabar | ८ असार २०८०, शुक्रबार
एप्पल आईफोन एसई ४ अर्को वर्ष पनि लन्च नहुने सम्भावना

काठमाडौं ।

एप्पलले यस वर्ष पनि आफ्नो आईफोन एसई सिरिजमा नयाँ इन्ट्री अनावरण गर्ने योजनाको कुनै संकेत देखाएको छैन्। यसले गर्दा आगामी वर्ष पनि आईफोन एसई मोडल नआउने संभावना रहेको छ।

टेक जायन्टको आपूर्ति श्रृंखलासँग स्पष्टरूपमा सम्पर्कमा रहेका बार्कले विश्लेषकहरूबाट आएको एक रिपोर्टमा उल्लेख छ। साथै उनीहरूको रिपोर्टले आईफोन निर्माताले आफ्नै ५जी मोडेम विकास गर्न काम गरिरहेको बताएको उल्लेख गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा कम्पनीले आफ्ना भविष्यका आईफोन मोडलहरूका साथै अन्य उत्पादनहरूका लागि भनेर क्वालकमद्वारा बनाइएको फाइभजी मोडेमहरू किन्नबाट टाढा जान खोजिरहेको उल्लेख छ।

यस वर्षको सुरुमा, ओएलईडी डिस्प्ले र एप्पलको प्रोप्रिएटरी ५जी चिपसेटको साथ २०२४ मा आईफोन एसई ४ लन्च हुने संकेत गरेको रिपोर्टलाई कभर गरिएको उल्लेख छ। तर पछिल्लो जानकारीले त्यसको ठीक विपरित संकेत गर्दै आईफोन एसई मोडेल २०२४ मा लन्च नहुने सम्भावनालाई संकेत गरेको उल्लेख छ।

परिचित विश्लेषक मिङ–ची कुओका अनुसार फाइभजी चिपसेट सन् २०२५ देखि मात्र ठूलो उत्पादनमा प्रवेश गर्ने भएकाले एसई मोडेल २०२४ मा लन्च नहुने बताइएको छ।

त्यसैगरी नयाँ आईफोन एसई मोडल आईफोन १६ लन्च हुने वर्षमा सँगसँगै लन्च गरिने बताइएको छ। आईफोन १६ लन्च हुनको लागि लगभग अझै दुई वर्ष बाँकि रहेको छ। आईफोन एसई कम्पनीको कम्प्याक्ट फ्ल्यागशिप फोनको रूपमा आउने र यसको मुख्य लाइन प्रिमियम इन्ट्रिको तुलनामा सस्तो मूल्य ट्यागमा उपलब्ध हुने गर्दछ।

यसको अन्तिम मोडल गत वर्ष सन् २०२२ मा लन्च गरिएको थियो र अब यस सिरिजका फ्यानहरूले यसको उत्तराधिकारीको लागि थप अर्को दुई वर्ष कुर्नुपर्ने जस्तो देखिएको छ।

प्रकाशित: ८ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार