एप्पल बीट्स स्टुडियो प्रोलाई एफसीसी, आईएमडीए सर्टिफिकेसन प्राप्त

  • Technology Khabar | ९ असार २०८०, शनिबार
एप्पल बीट्स स्टुडियो प्रोलाई एफसीसी, आईएमडीए सर्टिफिकेसन प्राप्त

काठमाडौं ।

एप्पलको अत्यधिक प्रतिक्षामा रहेको बीट्स स्टुडियो प्रो हेडफोनले हालै सिंगापुरको आईएमडीए प्राधिकरणबाट सर्टिफिकेसन (प्रमाणीकरण) प्राप्त गरेको छ। आगामी हेडफोनहरूको मोडल नम्बर ए२९२४ रहेको र ब्लुटुथ कनेक्टिभिटीका साथ लो–पावर डिभाइस हुने सर्टिफिकेसनले पुष्टि गरेको छ। साथै एपल बीट्स स्टुडियो प्रो हेडफोन्स फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) मा पनि देखा परेको छ।

यस वर्षको सुरुमा एक प्राविधिक उत्साहीले मोडल नम्बर “ए२९२४” सहितको “बिट्स हेडसेट” र म्याकओएस भेन्टुरा १३.४ कोडमा आईडी “बीट्सस्टुडियो प्रो१.१” भनिने डिभाइसको सन्दर्भ पत्ता लगाएको गीज्मोचाइनामा उल्लेख गरिएको छ। साथै उक्त सन्दर्भहरू आगामी बीट्स स्टुडियो प्रो हेडफोनहरूसँग मेल खाएको विश्वास गरिएको छ।

एडभान्सड नोइज रिडक्शन र ट्रान्सप्यारेन्सी मोड
बीट्स स्टुडियो प्रोले २०१७ मा प्रस्तुत गरिएको बीट्स स्टुडियो ३ हेडफोनको उत्तराधिकारीको रूपमा आउने सम्भावना रहेको अफवाहहरूले सुझाव दिएको बताइएको छ। यस नयाँ मोडल एप्पल र हालै मात्र बीट्समा “मुख्य डिजाइन सल्लाहकारको रूपमा सामेल भएका ए–कोल्ड–वाल का प्रख्यात प्रोडक्ट र फेसन डिजाइनर स्यामुएल रोस बीचको सहयोगी प्रयास भएको विश्वास गरिएको छ। त्यसै गरी बीट्स स्टुडियो प्रोको डिजाइन यसको आफ्नो पूर्ववर्तीसँग मिल्दोजुल्दो हुने अपेक्षा गरिनुका साथै आन्तरिक विशिष्टताहरूको सन्दर्भमा उल्लेखनीय सुधारहरू हुने थप अपेक्षा गरिएको उल्लेख छ।

एप्पलले बीट्स स्टुडियो ३ मा पाइने डब्लु१ चिपलाई आफ्नै कस्टम–डिजाइन्ड चिपसेटले प्रतिस्थापन गर्ने सम्भावना रहेको बताइएको छ। यसबाहेक बीट्स स्टुडियो प्रोमा इम्प्रुभ्ड एक्टिभ नोइज रिडक्शन क्यापाबिलिटिज (सुधारिएको सक्रिय आवाज घटाउने क्षमताहरू) फिचर गर्ने अनुमान गरिनुका साथै यसले प्रयोगकर्ताहरूलाई उनीहरूको वरपरको बारेमा सचेत रहन सक्षम गर्ने ट्रान्सप्यारेन्सी मोड (पारदर्शिता मोड) पनि प्रस्तुत गर्न सम्भावना रहेको छ। त्यसैगरी प्रयोगकर्ताहरूले “हे सिरी” कार्यक्षमताको सुविधाको अपेक्षा गर्न सक्ने थप उल्लेख छ।

बीट्स स्टुडियो प्रो हेडफोनहरू कालो, ब्राउन, नेभी र आइभोरी गरी चार रङ्गको विकल्पहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै गत महिना एप्पलले आफ्नो बीट्स स्टुडियो बड्स प्लस इयरबड्स पनि अनावरण गरेको उल्लेख छ। उक्त इयरबड्सको डिजाइन आकर्षक पारदर्शी हुनुका साथै कालो र सेतो गरी दुई रङ्गको विकल्पहरू प्रदान गरिने छ।

प्रकाशित: ९ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...