कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

  • Technology Khabar | १९ मंसिर २०७४, मंगलवार
कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

काठमाडौं ।

काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ।

कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले यो फोन स्टायल एण्ड सेल्फी मूल नारा सहित ल्याएको हो ।

‘यो सिरिजको फोनका साथमा बजारमा बजेट फोनलाई मेटालिक बडिसहितको नयाँ अवधारणा ल्याईएको छ । यसअघि उपभोक्ताहरुले प्रिमियम फोनहरुमा मात्र मेटालिक बडि उपलब्ध हुने गरेको भएपनि अब भने बजेट फोनमा पनि यो आएको छ,’ कलर्सको एस सिरिज सार्वजनिक गर्दै टेलिटकका प्रमुख कार्यकारी अधिकृत संजय अग्रवालले भने ।

फोनमा २.५डी कर्भ्ड ग्लाससहितको ५ इन्चको डिस्प्ले छ। ८ जीबी इन्टरनल स्टोरेज क्षमताको फोनमा १ जीबीको र्याम राखिएकोछ।

एन्ड्रोयड नुगट ७.० अपरेटिङ सिस्टममा आधारित यसमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर छ।

फोटोका लागि यसमा रियर क्यामेरा ८ मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलको छ।

फोन कालो र सुनौलो गरी दुई रङ्गमा उपलब्ध छ। फिंगरप्रिन्ट सेन्सर समेत राखिएको फोनमा २ हजार ४ सय एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।

फोनको खरिदमा प्रति हप्ता एक सयको दरले १२ हप्तासम्म एनसेल डाटा तथा ‘ग्लास’ र कभर निशूल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सार्वजनिक गरिएको फोनको मूल्य ९ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: १९ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार