सामसङ ग्यालेक्सी वाच ६ र ग्यालेक्सी वाच ६ क्लासिकको मूल्यसूची लीक

  • Technology Khabar | ६ असार २०८०, बुधबार
सामसङ ग्यालेक्सी वाच ६ र ग्यालेक्सी वाच ६ क्लासिकको मूल्यसूची लीक

काठमाडौं ।

केहि दिन पहिले सामसङको आगामी ग्यालेक्सी वाच६ परिवार लीक भएका रेन्डरहरूमा देखा परेको छ।

त्यसैगरी सबै चार मोडलहरूको पूर्ण मूल्य निर्धारण जानकारीको साथ फेरी अर्को एउटा फरक स्रोत देखा परेको

उक्त नयाँ जानकारी फ्रान्सबाट आएको बताइएको छ। साथै उक्त बजार मूल्य फ्रान्समा करिब यहि हुने बताइएको छ। यदपी भिन्न भ्याटदरहरूको कारणले अन्य यूरोजोनका देशहरूमा भने मूल्यहरूमा सानो भिन्नता हुन सक्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

ग्यालेक्सी वाच६ ४०एमएममा ग्रेफाइट र क्रीम (ब्लुटुथ मात्र) को मूल्य ३१९.९९ युरो र फोरजीको साथ ३६९.९९ युरो हुने बताइएको छ। त्यसैगरी ४४ एमएम ग्रेफाइट र सिल्भर (ब्लुटुथ मात्र) को मूल्य ३४९.९९ युरो र फोरजी सँग भने ३९९.९९ युरो मूल्य हुने उल्लेख गरिएको छ।

ग्यालेक्सी वाच६ क्लासिक ४३एमएम कालो र सिल्भर (ब्लुटुथ मात्र) को मूल्य ४१९.९९ युरो र ४जीको साथ ४६९.९९ युरो हुने बताइएको छ। साथै ४७एमएम वाच६ क्लासिक कालो र सिल्भर (ब्लुटुथ मात्र) को मूल्य ४४९.९९ युरो र फोरजी सँग भने ४९९.९९ युरोमा उपलब्ध हुनेछ।

ग्यालेक्सी वाच६ र ग्यालेक्सी वाच६ क्लासिक आगामी अनप्याक्ड विशेष कार्यक्रममा अनावरण गरिने अपेक्षा गरिएको छ। सामसङले उक्त अनप्याक्ड इभेन्ट जुलाईको अन्तिम साता कोरियामा पहिलो पटक आयोजना गर्ने बताइएको छ। सोही अवसरमा स्मार्ट घडीहरूको साथसाथै ग्यालेक्सी जेड फ्लिप५, जेड फोल्ड५ र ग्यालेक्सी ट्याब एस ९ सिरिज जस्ता अन्य उत्पादनहरूको पनि घोषणा गरिने उल्लेख गरिएको छ।

प्रकाशित: ६ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार