काठमाडौं ।
ओमेगा सिएकी मोबिलिटीले भारतमा स्ट्रीम सिटी इलेक्ट्रिक अटो रिक्सा लन्च गरेको छ। कम्पनी आफ्नो इलेक्ट्रिक अटो रिक्साको माध्यमबाट अर्बन मोबिलिटीमा क्रान्ति ल्याउने अभियानमा रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले सोमबार ओएसएम स्ट्रीम सिटीको दुई भेरियन्ट सिटी एटीआर र स्ट्रीम सिटी ८.५ लन्च गरेको छ।
ओएसएम स्ट्रीम सिटी एटीआरको मूल्य १ लाख ८५ हजार भारुमा स्वापेल ब्याट्रीमा उपलब्ध छ भने स्ट्रीम सिटी ८.५ फिक्स्ड ब्याट्री ३ लाख १ हजार भारु (एक्स शोरुम) मा उपलब्ध छ।
कम्पनीले नयाँ मोडलका माध्यमबाट आफ्नो पोर्टफोलियो विस्तार गरिरहेको छ। जसमा ग्रामीण क्षेत्रका लागि ओएसएम स्ट्रीम तथा शहरका लागि ओएसएम स्ट्रीम एटीआर वा ओएसएम स्ट्रीम ८.५ उपलब्ध गराएको छ। यी सबै इलेक्ट्रिक रिक्सा हुन्।
नयाँ ओएसएम स्ट्रीम सिटी एटीआर शून्य ड्राइभिङ उत्सर्जन तथा कम आवाज वा वाइब्रेशनका साथ उपलब्ध छ। यसमा लिथियम आयन ब्याट्री, म्यानुअल बूस्ट गियरबक्स तथा अधिक पावर र टर्क जेनेरेट गर्छ।
कम्पनीले सन मोबिलिटीसँगको सहकार्यमा स्वापेबल ब्याट्री विकल्प प्रदान गर्नेछ। सन मोबिलिटीले एक क्विक इन्टरचेक स्टेशन नेटवर्क प्रदान गर्नेछ। यसबाट ओएसएमका ग्राहकले केही मिनेटमा ब्याट्री स्वाप गर्न सक्नेछन्।
ग्राहकले एपमा आधारित ईको सिस्टमबाट ब्याट्री चार्ज, रिजार्जिङ, स्वाप स्टेशन खोज्ने लगायत सुविधा प्राप्त गर्नेछन्। ओएसएम स्ट्रीम सिटी ८.५ फिक्स्ड ब्याट्री साथ उपलब्ध छ। यो भारतको शहरी ग्राहकको आवश्यकता ध्यानमा राखेर तयार गरिएको छ।
यसले सिंगल चार्जमा ११७ किलोमिटरको रेञ्ज प्रदान गर्छ र ४ घण्टामा फूल चार्ज हुन्छ। यसमा ८.५ किलोवाट आवर लिथियम आयन ब्याट्री प्याक दिइएको छ। इसले ९.५५ किलोवाट पावर प्रदान गर्छ।
यो सवारी ३ सिटिङका साथ उपलब्ध छ। यसमा सेफ्टीका लागि ड्रम ब्रेक, ४.५ वाई १० लो रोलिङ रेसिस्टेन्स टायर्स तथा स्मार्ट कनेक्टिभिटीको विकल्प दिइएको छ। यस सवारीको लम्बार्य २८०० मिमी, उचाई १८०२ मिमी, चौडाई १३२० मिमी तथा ह्वीलबेस १९४० एमएम छ।
ओएमएम स्ट्रीम सिटी १७५ मिमीको ग्राउन्ड क्लियरेन्स, ९५० किलोग्राम तौल तथा यसको टप स्पीड ४८ किलोमिटर प्रति घण्टा छ। रिपोर्टका अनुसार स्ट्रीम सिटी ८.५ मा होम चार्जिङको विकल्प छ भने एटीआर भेरियन्टमा होम चार्जिङको सुविधा छैन।
प्रकाशित: ६ असार २०८०, बुधबार