‘आइएमई पे’ मा आयो एअरलाईन्स टिकटमा क्यासब्याकको बहार

Technology Khabar ४ असार २०८०, सोमबार

काठमाडौं ।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन्।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्नु हुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया