नियामकको निर्देशनपछि पनि चितवनको रत्ननगरमा अझै हुन सकेन कल कनेक्सन टाइममा सुधार

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
नियामकको निर्देशनपछि पनि चितवनको रत्ननगरमा अझै हुन सकेन कल कनेक्सन टाइममा सुधार

काठमाडौं ।

नेपाल टेलिकम र एनसेल आजियाटाले चितवनको रत्ननगरमा आफ्नो नेटवर्कको कल कनेक्सन टाइम सुधार गर्नबाट चुकेका छन्।

मोबाइल सेवाको गुणस्तर कायम गर्न आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकमा भएको ड्राइभ टेस्टअन्तर्गत बागमती प्रदेशको रत्नगर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर अझै कायम नभएको देखिएको थियो।

दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३ बमोजिमको मोबाइल सेवाको गुणस्तर कायम नभएको देखिएको छ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले २०७९ फागुन १५ गते नेपाल टेलिकम र एनसेलसँग रत्ननगरमा मोबाइल सेवाको गुणस्तर कायम हुन नसकेकोमा स्पष्टीकरण माग गर्नुका साथै उक्त क्षेत्रका गुणस्तर सुधार गर्न २ महिनाको अवधि दिई सोको जानकारी गराउन निर्देशन दिएको थियो।

प्राधिकरणको निर्देशनअनुसार नेपाल टेलिकम र एनसेलले रत्ननगर क्षेत्रमा नेटवर्क अप्टिमाइजन तथा पुन ड्राइभ टेस्ट गरी प्रतिवेदन प्राधिकरणलाई पेश गरेका छन्।

जसअनुसार नेपाल टेलिकम र एनसेलले २३ विषयमा मोबाइल सेवाको गुणस्तर मापन गरेका थिए।

ती मध्ये अधिकांशमा नियामकले तोकेको मापदण्ड पूरा भए पनि कल कनेक्सन टाइममा भने दुवै सेवा प्रदायक चुकेको प्रतिवेदनमा देखिन्छ।

NTA's Report-Initial Drive test log Analysis

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...