नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

  • Technology Khabar | ३१ जेष्ठ २०८०, बुधबार
नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

काठमाडौं ।

बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ। छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रबर्द्धनमा थप मद्दत पुग्ने विश्वास कम्पनीले गरेको छ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर सञ्चालनमा ल्याएको हो। क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

एनसीएचएलकाअनुसार हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्यूआरमा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ ।

विभिन्न व्यावसायिक ग्राहकले नेपालपेमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ।

धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ।

नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

प्रकाशित: ३१ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार