वालेटमार्फत हुने भुक्तानी बैशाखमा ३ प्रतिशतले घट्यो

  • Technology Khabar | ३० जेष्ठ २०८०, मंगलवार
वालेटमार्फत हुने भुक्तानी बैशाखमा ३ प्रतिशतले घट्यो

काठमाडौं ।

बैशाखमा वालेट मार्फत हुने भुक्तानी घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार बैशाखमा बालेटबाट १९ अर्ब २५ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ।

चैतमा वालेटबाट १९ अर्ब ९२ लाख २० लाख रुपैयाँ भुक्तानी भएको थिए।

चैतको तुलनामा बैंशाखमा वालेटबाट हुने भुक्तानी ६६ करोड ७० लाख अर्थात ३.३४ प्रतिशतले घटेको छ।

भुक्तानी रकम घटे पनि ट्रान्जेक्सन र प्रयोगकर्ता भने बढेका छन्।
चैतमा १ करोड ८६ लाख ६७ हजार १३९ पटक ट्रान्जेक्सन भएको थियो भने बैशाखमा ट्रान्जेक्सन १ करोड ९२ लाख ६४ हजार ८५ पटक ट्रान्जेक्सन भएको छ। ट्रान्जेक्सन ५ लाख ९६ हजार ९४६ ले बढेको छ।

चैतको तुलनमा बैशाखमा वालेट प्रयोगकर्ताको संख्या ६ लाख ६८ हजार ८७२ ले बढेको छ। बैशाखमा वालेट प्रयोगकर्ता १ करोड ८२ लाख २९ हजार १२५ छन् भने चैतमा १ करोड ७५ लाख ६० हजार २५३ थिए।

प्रकाशित: ३० जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३० जेष्ठ २०८०, मंगलवार