मोबाइल बैंकिङबाट हुने कारोबार रकम ८५ प्रतिशतले बढ्यो

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार
मोबाइल बैंकिङबाट हुने कारोबार रकम ८५ प्रतिशतले बढ्यो

काठमाडौं ।

नेपालमा मोबाइल बैंकिङ र कारोबार रकम दुवै बढ्दो क्रममा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० बैशाखको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङबाट २ खर्ब १० अर्ब १ करोड रुपैयाँको कारोबार भएको छ।

२०७९ बैशाखमा मोबाइल बैंकिङबाट १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। एक वर्षको अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबार रकम ९६ अर्ब ३८ करोड ८० लाख रुपैयाँ अर्थात ८४.८३ प्रतिशतले बढेको छ।

मोबाइल बैंकिङको प्रयोगकर्ता पनि बढ्दो क्रममा देखिएको छ। २०८० को बैशाखसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७ लाख ६३ हजार ३४६ पुगेका छन्। २०७९ को बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ७६ लाख ७६ हजार २५९ थिए।

एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख ८७ हजार ८७ अर्थात १७.४६ प्रतिशतले बढेका छन्।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार