
काठमाडौं ।
एप्पलले भिजन प्रो हेडसेट अनावरण गर्दा डुअल डिस्प्लेको सापेक्ष रिजोल्युसन ४ के भन्दा बढी भएको बताएको छ। यस बाहेक प्राविधिक विशेषताको बारेमा एप्पलले धेरै भनेको छैन्।
तर डब्ल्यूडब्ल्यूडिसीमा स्पेसियल कम्प्युटिङको सेसनमा एप्पलले भिजन प्रोको रिफ्रेस दर प्रकट गरेको छ। भिजन प्रो सामान्यतया ९० फ्रेम प्रति सेकेन्डमा चल्ने भिडियोमा प्रस्तुतकर्ताले बताएको एक मिडिया रिपोर्टमा उल्लेख छ।
यसले ९० हर्ज भिजन प्रोलाई ६० हर्ज आईफोनहरू र एप्पलको १२० हर्ज प्रोमोशन उपकरणहरू जस्तै आईफोन प्रो, आईप्याड प्रो, र म्याकबुक प्रो को बीचमा राख्ने बताइएको छ।
यद्यपि, भिजन प्रो ९० हर्ज देखि ९६ हर्जसम्म जान सक्ने देखिएको छ। यसले ९६ हर्जमा समान रूपमा विभाजन गर्दा फ्रेम जिटर हटाउने भएकाले प्रयोगकर्ताले २४ एफपीएस भिडियो हेरिरहेपछी र्याम्प अप हुने पनि बताइएको छ।
प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार