दुई सिम चलाउन मिल्ने आइफोन ल्याउँदै एप्पल

  • Technology Khabar | ५ मंसिर २०७४, मंगलवार
दुई सिम चलाउन मिल्ने आइफोन ल्याउँदै एप्पल

काठमाडौं ।

काठमाडौं, ५ मंसिर । एप्पलले यो वर्ष सार्वजनिक गरेको तीन आइफोनको चर्चा अझै जारी छ, साथमा आगामी वर्ष आउने आइफोनको बारेमा पनि समाचारहरु आउन थालेका छन् ।

एप्पलको आइफोनको बारेमा जानकारी दिने केजीआई सेक्यूरिटी विश्लेषक मिंग ची कुओले सन् २०१८ मा सार्वजनिक हुने आइफोनको बारेमा भविश्यवाणी गरेका छन् ।

उनकाअनुसार कम्पनीले आगामी वर्ष पनि तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ । र तीन वटै आइफोन अहिलेको आइफोन एक्सको डिजाइनमा आउने छ । तीन वटा आइफोन मध्ये एउटामा एलईडी डिस्प्ले हुनेछ भने बाँकी २ वटामा ओएलईडी स्क्रीन राखिने छ ।

मिंग ची कुओले हालै नयाँ जानकारी बाहिर ल्याएका छन त्यो भनेको आइफोनको आगामी वर्ष आउने मोडलमा दुईवटा सिम प्रयोग हुनेछ । सन् २०१८ को आइफोनहरुमा संभवत ड्यूल सिम ड्यूल स्ट्याण्डबाइ तथा ड्यूल एलटिई कनेक्सन हुनसक्ने बताईएको छ ।

यसअघि यस्तो सुविधा केबल एन्ड्रोयडलगायतका अपरेटिङ सिस्टममा संचालन हुने फोनहरुमा मात्र उपलब्ध थियो तर अब भने यो फिचर आउने आइफोनमा पनि पहिलो पटक देख्न सकिनेछ ।

कम्पनीले संभवत दुईवटा भौतिक सिम प्रयोग गर्ने सुविधा दिने छ वा हालको एप्पल वाचमो भएको जस्तै एउटा सिम कार्ड र अर्को ईसिमको सुविधा दिनेछ भन्ने बारेमा भने अझै स्पष्टता भएको छैन् ।

यसअघि कुओको रिपोर्टअनुसार एप्पलले यो पटक आइफोनमा मोडेमका लागि इन्टेलको साथ सहकार्य गर्ने तयारी गरेको छ । यसअघि कम्पनीले क्वालकमको मोडेम प्रयोग गर्ने गर्दथ्यो । अहिले क्वालकमसँगको कानूनी समस्याका कारण कम्पनीले नयाँ बाटो छनौट गरेको हो । तरपनि केहि मात्रामा भएपनि केहि मोडेम क्वालकमबाट लिईने बताईएको छ ।

रिपोर्टकाअनुसार सन् २०१८ मा आउने आइफोनमा इन्टेलको एक्सएमएम ७५६० तथा क्वालकमको स्न्यापड्रागन एक्स २० मोडेम प्रयोग हुनेछ । दुबै तिब्र गतिमा एलटीई नेटवर्कका लागि सहयोगी हुनेछन् ।

प्रकाशित: ५ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार