एप्पलको नयाँ ७०वाट पावर एडाप्टरले म्याकबुक एयर ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
एप्पलको नयाँ ७०वाट पावर एडाप्टरले म्याकबुक एयर ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने

काठमाडौं ।

एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२३ कार्यक्रम म्याकओएस सोनोमा, आईओएस १७, भिजन प्रो र १५–इन्च म्याकबुक एयर सहित नयाँ उत्पादन घोषणाहरूले भरिएको थियो। तर एप्पलका सबै नयाँ उत्पादनहरू स्टेजमा प्रदर्शित भने नभएको उल्लेख छ । त्यस मध्ये एक कम्पनीको नयाँ ७० वाट पावर एडाप्टर रहेको र उक्त पावर एडाप्टर अब एप्पलको अनलाइन स्टोरमा खरिदका लागि उपलब्ध भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पलले १५-इन्च म्याकबुक एयरको सँगै नयाँ ७० वाट पावर एडाप्टर रिलिज गर्यो

चार्जिङ्ग प्रविधिहरू अविश्वसनीय रूपमा अघि बढेको अवस्थामा एप्पलले तिनीहरूलाई अपनाउन भने ढिलो गरेको बताइएको छ। कम्पनीले सधैँ नवीनतामा भन्दा स्थिरतालाई प्राथमिकता दिने भएकाले यो यसको चार्जिङ्ग स्पिड्स (चार्ज गति)मा पनि प्रतिबिम्बित हुने उल्लेख गरिएको छ। त्यसैगरी चार्जिङ्ग गतिलाई तुलना गर्दा धेरै जसो आधुनिक एन्ड्रोइड फोनहरूले म्याकबुकको तुलनामा हाइयर चार्जिङ्ग स्पिड्स (उच्च चार्ज गति) समर्थन गर्नेछ। यद्यपि, एप्पलले आफ्ना उत्पादनहरू सधैँ सुधार गरिरहेको उल्लेख छ। साथै कम्पनीले सोहि क्रममा भर्खरै नयाँ ७० वाट पावर एडाप्टर प्रस्तुत गरेको बताइएको छ।

ल्यापटपहरू छिटो चार्ज गर्नको लागि भनेर यस नयाँ एडेप्टर डिजाइन गरिएको बताइएको छ। साथै यस नयाँ ७० वाट पावर एडाप्टरलाई नयाँ १५–इन्च म्याकबुक एयरको साथ रिलिज गरिएको थियो। यसको मूल्य ५९ अमेरिकी डलर रहेको र यूएसबी–सी डिभाइसहरू र चार्जिङ केबलहरूको विस्तृत दायरासँग उपयुक्त हुने बताइएको छ। एप्पलले यस पावर एडाप्टरलाई १५ इन्चको म्याकबुक एयर, एम २ चिप सहितको १३ इन्चको म्याकबुक एयर, १३ इन्च म्याकबुक प्रो (२०१६ र त्यस पछिका) र १४ इन्च म्याकबुकहरुसँग प्रयोग गर्नका लागि सिफारिस गरेको उल्लेख गरिएको छ।

यस नयाँ ७० वाट पावर एडाप्टरले घर, काम वा हिँड्दा छिटो र इफिसियन्ट चार्जिङ प्रदान गर्ने दावी छ। यसले १५ इन्चको म्याकबुक एयरलाई लगभग ३० मिनेटमा ० देखि ५० प्रतिशतसम्म चार्ज गर्न सक्ने उल्लेख छ। त्यसै गरी एडाप्टर आईफोन, आईप्याड, र एप्पल वाच जस्तै अन्य यूएसबी–सी यन्त्रहरूसँग पनि उपयुक्त हुने बताइएको छ। साथै एप्पलले आफ्नो अघिल्लो ६७ वाट पावर एडाप्टर बेच्न बन्द गरेका बताइएको छ। उक्त ६७ वाट पावर एडाप्टर अझै पनि १४–इन्च म्याकबुक प्रो सँग समावेश रूपमा सूचीबद्ध रहेको तर अब इन्डिभिजुअल परचेज (व्यक्तिगत खरीद) को लागी उपलब्ध भने नहुने थप उल्लेख गरिएको छ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...