रेड्मी बड्स ४ एक्टिभ भारतीय बजारबाट लन्च हुँदै

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

रेड्मीले भारतीय बजारमा रेड्मी बड्स ४ एक्टिभ उपलब्ध हुने पुष्टि गरेको छ। वायरलेस इयरबड्स जून १३ मा शाओमी प्याड ६ सँगसँगै लन्च गरिने तथा इयरबड्स अमेजन इन्डिया मार्फत खरिदका लागि सहजरूपमा उपलब्ध हुने पनि रेड्मीले बताएको छ।

रेड्मी बड्स ४ एक्टिभ को भारतीय भेरियन्टले भर्खरै पेश गरेको ग्लोबल मोडललाई प्रतिबिम्बित गर्ने  लिस्टिङले पुष्टि गरेको पनि बताइएको छ।

शाओमीले रेड्मी बड्स ४ एक्टिभका उल्लेखनीय विशेषताहरू अनावरण गर्दै यसको प्रभावशाली ब्याट्री लाइफ र गुगल फास्ट पियरको समर्थनलाई हाइलाइट गरेको छ। इयरबडहरू अडियो गुणस्तर सुधारका लागि बास प्रो ड्राइभरहरूका साथमा आउने तथा इन्भाइरोमेन्टल नोइज क्यान्सिलेसन (इएनसी) समर्थन पनि प्रदान गर्ने पनि बताइएको छ।

रेड्मी बड्स ४ एक्टिभमा भएको इन्भाइरोमेन्टल नोइज क्यान्सिलेसन (इएनसी) टेक्नोलोजीको समावेशसंगै, भ्वाइस कलको समयमा पृष्ठभूमिमा अनावश्यक आवाजलाई प्रभावकारीरूपमा कम गर्नेछ जसले कोलाहलयुक्त वातावरणमा पनि स्पष्ट संचार सुनिश्चित गर्ने बताइएको छ। त्यस्तै , गेमिङ उत्साहीहरुका लागि इमर्सिभ गेमिङ अनुभवको लागि ‘लो लेटेन्सी गेमिङ मोड’ राखिएको छ।

ब्लुटुथ ५.३ कनेक्टिभिटीसँग सुसज्जित रेडमी बड्स ४ एक्टिभले सिमलेस वायरलेस अडियो ट्रान्समिसनलाई सक्षम पार्दै एसबीसी अडियो कोडेकलाई समर्थन गर्ने छ। गुगल फास्ट पेयरको एकीकरणले जोडा बनाउने प्रक्रियालाई सरल बनाउँदै  इयरबड्सले कल व्यवस्थापन, संगीत प्लेब्याक र ट्र्याक चयनका लागि सहज जेश्चर कन्ट्रोल प्रदान गर्नेछ।

रेड्मी बड्स ४ एक्टिभको प्रत्येक इयरबडमा ३४ एमएएच ब्याट्री रहेको छ, जसले एक पटकको चार्जमा लगभग ५ घण्टा प्लेब्याक प्रदान गर्दछ। सँगै चार्जिङ केसमा ४४० एमएएच ब्याट्री छ, र यसले कुल संगीत प्लेब्याक समय लगभग २८ घण्टा सम्म विस्तार गर्दछ।

यसको केवल १० मिनेटको चार्जिङमा, प्रयोगकर्ताले ११० मिनेटसम्म संगीत प्लेब्याकको मजा लिन सक्ने बताइएको छ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया