
काठमाडौं ।
सामाजिक सञ्जाल फर्म ट्विटरको नयाँ प्रमुख लिन्डा याकारिनोले कार्यभार समालेकी छिन्। उनले अपेक्षा भन्दा अघि नै प्रमुखको रुपमा आफ्नो भूमिका सुरु गरेकी हुन्।
एनबीसीयुनिभर्सलमा विज्ञापन प्रमुख रहेकी याकारिनाले ट्विटरले आफ्नो दोस्रो ट्रस्ट एण्ड सेफ्टी प्रमुख गुमाएको केही दिन पछि कार्यभार समालेकी हुन्।
इलन मस्कले १२ मेमा आफ्नो उत्तराधिकारी ६ हप्तामा आउने घोषणा गरेका थिए। तर अपेक्षा भन्दा अघि नै याकारिनोलाई प्रमुखको रुपमा ल्याइएको बीबीसीले उल्लेख गरेको छ।
ट्विटरले एनबीसीयुनिभर्सलबाट जो बेनारोकलाई पनि नियुक्त गरेको घोषणा गरेको छ।
बेनारोक मिडिया जायन्टमा सञ्चार, विज्ञापन र साझेदारीका वरिष्ठ उपाध्यक्ष थिए।
उनले फेसबुक र इन्स्टाग्रामको मुख्य कम्पनी मेटामा पनि धेरै वर्ष काम गरिसकेका छन्। ट्विटरमा उनले व्यापार सञ्चालनमा ध्यान दिनेछन्।
फर्मसँगको संलग्नता तत्काल छोड्नो योजनामा भने मस्क छैनन्।
जगिरका लागि कुनै मूर्ख फेला पारेपछि मुख्य कार्यकारी पदबाट राजीनामा दिने ट्विटरका अर्बपति मालिकले गत वर्ष भनेका थिए।
मस्कले ट्विटर पोलमा आफूले राजीनामा दिनुपर्छ कि पर्दैन भनेर मतदान गर्न आग्रह गरेका थिए। त्यसमा ५७.५ प्रतिशतले उनको राजीनामा माग गरेका थिए।
याकारिनोले आफ्नो पूर्व एनबीसी युनिभर्सल सहकर्मी बेनारोचलाई ट्विटरमा स्वागत पनि गरेकी छिन्।
उनले ट्वीट गरिन्, ‘बथानमा स्वागत छ @benarroch_joe! एउटा चराबाट अर्कोमा।’
ट्विटर चराको लोगोका लागि परिचित छ।
उनले भने, ‘म ट्विटरमा मेरो अनुभव ल्याउन र ट्विटर २.० निर्माण गर्न सम्पूर्ण टोलीसँग मिलेर काम गर्न उत्सुक छु।’
६० वर्षका याकारिनोले पैसा कमाउन संघर्ष गरिरहेको प्लेटफर्ममा व्यापार सञ्चालनको निरीक्षण गर्नेछन्।
मस्कले ट्विटर खरिद गरेसँगै ७५ प्रतिशत कर्मचारीलाई निस्कासन गरिसकेका छन्।
साथै ठूलो परिणाममा विज्ञापन दाताहरुले पनि छोडेका छन्।
प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार