
काठमाडौं ।
स्मार्ट वेयरेबल्स निर्माता नोइजले गत महिना एक मिलियन युनिट स्मार्टवाचहरू उत्पादन गरेको घोषणा गरेको छ। ब्रान्डले यस वर्षको सुरुमा उत्पादन क्षमतालाई भारतमा सार्ने कदमलाई पछ्याएको उल्लेख छ।
साथै ब्रान्डले यस वर्षको सुरुमा आफ्ना ९० प्रतिशत स्मार्टवाचहरू भारतमा उत्पादन हुने बताएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
नोइजको नयाँ माइलस्टोन ‘मेक इन इण्डिया’ कार्यक्रमले भारतीय उत्पादन क्षेत्रमा परेको प्रभावको थप प्रमाण भएको उल्लेख छ। साथै भारतीय सरकारले केन्द्र र क्षेत्रीय दुवै तहमा प्रोत्साहन दिने काम जारी राखेको छ। गत महिना भारतमा स्थानीयरूपमा निर्मित १० लाख नोइज स्मार्टवाचसँगै ब्रान्डले माथि चढ्ने बाटोमा जारी रहने आशा राखेको छ। त्यसैगरी कम्पनीले प्रत्येक महिना १० लाख युनिट उत्पादन गर्ने आफ्नो प्रारम्भिक लक्ष्य पनि नाघेको जनाकारी दिएको बताइएको छ। यस्तै तीन मिलियन भन्दा बढी मेड–इन–इण्डिया स्मार्टवाचहरू ढुवानी गर्ने पहिलो ब्रान्ड भएको नोइजले दावी गरेको छ।
प्रकाशित: २१ जेष्ठ २०८०, आईतवार