Technology Khabar २९ कार्तिक २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, २९ कात्तिक । मोबाइल निर्माता चीनियाँ कम्पनी हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २आई स्मार्टफोन सेटमा फ्रण्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् ।
हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटीद्धारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २ आई अहिलेसम्मकै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीले दाबी गरेको छ ।
बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हुवावे नोभा २आई स्मार्टफोनमा उच्च गुणस्तरीय प्रबिधियुक्त ५.९ इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रिन तथा सफा र उज्ज्याला तस्विर हेर्नका लागी १८ः९ वाइडस्क्रिन लगायतका सुबिधा उपलब्ध छन् ।
‘हामीले नेपालमा पहिलोपटक चार क्यामरा सहितको स्मार्टफोन ल्याएका छौं जसको डिजाईनले तपाई विश्वको जहाँ भए पनि तपाईलाई सबैसँग संलग्न हुन सहयोग पुर्याउनेछ । हुवाई नोवा २ आई यस्तो आविष्कार हो जसमा अविश्वसनीय प्रदर्शन, स्टाईलिस डिजाईन र चार क्यामेरा सहितको विशेषता रहेका छन्,’ हुवाईका निर्देशक जोयसले कार्यक्रममा भने ।
कल मोविलिटिका डाईरेक्टर पुल्कित भिमसरियाका अनुसार चार क्यामरा रहेको स्मार्टफोन एक क्रान्तिकारी सृजना हो ।
कम्पनीले सार्वजनिक गरेको हुवाई नोवा २ आई को बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ भने यो फोन मंसिर ३ गतेदेखि मात्र बजारमा उपलब्ध हुने जानकारी दियो । हुवाई नोवा २ आई ग्राफिटे ब्ल्याक र प्रेस्टिज गोल्ड कलर अप्सनमा मात्र उपलब्ध हुनेछ ।
चारवटा क्यामेरा एकैपटकमा
हुवावे नोभा २–आई स्मार्टफोनसेटमा अगाडी र पछाडी गरी डबल लेन्सका ४ वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ । जसको सहयोगले बिरलै कैद गर्न सकिने दृष्यहरु समेत क्यामेरामा कैद गर्न सम्भव छ । यसको अगाडी रहेको १३ एमपी तथा २ एमपी प्रिमियम सेल्फी क्यामेरा पोट्रेट फोटोग्राफीका साथै टुनाइट फ्ल्यास स्टुडियो क्वालिटीको फोटो निकाल्नका लागी उपयुक्त छ । प्रकाश नभएको वा कम प्रकाश भएको स्थानमा समेत यसमा उपलब्ध युनिफर्म लाइटिङ र सफ्ट लाइट्स सेल्फी फ्ल्यासको सहायताले उच्चगुणस्तरीय फोटो खिच्न सकिन्छ ।
नोभा २–आईमा रहेको १६ एमपी तथा २ एमपी दुबै लेन्समा पछिल्लो बिशिष्ठ प्रबिधि प्रयोग गरिएको छ जसले कलात्मक फोटो त खिच्छ नै साथै कम लाईट भएको स्थानमा समेत आकर्षक तस्विर खिच्ने क्षमता राख्छ । सेटभित्रको १६ एमपी आरजीबी सेन्सरले स–साना दृश्यलाई पनि पुर्ण तरिकाले कैद गर्न सघाउंछ भने २ एमपी आरजीबी लेन्सले गहिराईमा गएर दृश्यहरु समेट्ने काम गर्छ । यसमा भएको क्यामेरामा पोट्रेट मोड, वाइड अर्पेचर मोड र मोसन मोड रहेका छन् ।
बनोट
हेर्दा निक्कै चित्ताकर्षक देखिने हुवावे नोभा २–आई स्मार्टफोन सेट लाई यसभित्र भएका फिचर्सहरुले झनै बोल्ड बनाएका छन् । फुलभ्यु स्क्रिन, फ्रण्ट तथा ब्याक क्यामेरा, फिंगर प्रिन्ट सेन्सर, युएसबी सकेट, सेन्सर फ्ल्यास, उच्चगुणस्तरीय सामाग्री प्रयोग गरिएका बडी पार्टस लगायतका चिजले हुवावे नोभा २–आई स्मार्टफोन सेटलाई लोभलाग्दो बनाएको छ ।
परफरमेन्स
हुवावे नोभा २–आई स्मार्टफोन सेटमा भएको ८ कोर किरिन ६५९ चिपसेट, ४ जिबी र्याम, ६४ जिबी रोमले यसलाई अत्याधुनिक मात्र होइन उच्चगुणस्तरीय बनाएको छ । यो सेट एन्ड्रोइड–सेभेन बेस्ड इएमयुअँईका कारण छरितो र निक्कै स्मार्ट देखिन्छ । हुवावे नोभा २–आई मा लामो समय सम्म ब्याट्री टिकाउन हुने, फिंगरप्रिन्ट सेन्सरका कारण हरेक पटकको प्रयोगमा केही न केही नयां सिक्न तथा सुरक्षित र सहज महसुस गर्न सकिने लगायतका सुविधा छन् । हुवावे नोभा २–आई ले असाधारण आवाज र बिभिन्न गेम तथा भिडियो समेत आफ्नो सेटमा उपलब्ध गराएको छ जसले जीवनमा हरेक पललाई स्मरणिय बनाउन सघाउंछन् । यसै साता देखी नेपाली बजारमा उपलब्ध हुन गइरहेको हुवावे नोभा २–आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरी दुइ कलरमा देखापर्नेछ ।
हुवाई नोवा २ आई को थप फिचर
साइज– ७५.२ एमएम
हाइट– १५६.२ एमएम
डेप्थ– ७.५ एमएम
डिस्प्ले– ५.९ इन्च
स्क्रिन पिपिएल– ४०७
प्रोसेसर– हुवावे किरिन ६५९ अक्टाकोर
अपरेशन सिस्टम– एन्ड्रोइड ७.० तथा इएमयुआई ५.१
क्यामेरा– फ्रण्ट क्यामेरा १३ एमपी तथा २ एमपी विथ सेल्फी टुनाईट फ्ल्यास ।
ब्याट्री– ३३४० एमएएच
चार्जिङ टाइम– १५० मिनेट
टकिङ टाइम– २० घण्टासम्म
स्ट्याण्डबाइ टाइम– ५५० घण्टासम्म
प्रकाशित: २९ कार्तिक २०७४, बुधबार