
काठमाडौं ।
भारतीय वैज्ञानिकको नेतृत्वमा रहेको टोलीले बृहस्पति (जुपिटर) भन्दा १३ गुणा ठूलो एलियन ग्रह पहिचान गरेको छ। अहमदाबादको भौतिक अनुसन्धान प्रयोगशाला (पीआरएल) का प्रोफेसर अभिजित चक्रवर्तीको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले बृहस्पति भन्दा १३ गुणा ठूलो एलियन ग्रह पहिचान गरेका छन्।
पीआरएल वैज्ञानिकहरुले पहिचान गरेको यो तेस्रो एक्सोप्लानेट भएको डब्ल्यूआईओन्यूजले उल्लेख गरेको छ। यस खोजको विस्तृत विवरण एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स लेटर्स जर्नलमा प्रकाशित भएको थियो।
भारत, जर्मनी, स्विजरल्याण्ड र अमेरिकाका माउन्ट आबुको गुरुशिखर अब्जभेटरीमा ग्रहको पिण्ड निश्चित रूपमा निर्धारण गर्न भारतीय पीआरएल उन्नत रेडियल–वेग-अबु–स्काई सर्च स्पेक्ट्रोग्राफ (पीएआरएएस) को प्रयोग गरे। एक्सोप्लानेटको तौल १४ ग्राम/सीएम३ छ।
भर्खर फेला परेको ग्रहले टीओएल४६०३ वा एचडी २४५१३४ भनेर चिनिने ताराको परिक्रममा गर्छ। नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस)ले यस तारालाई अज्ञात प्रकारको सेकेन्डरी बडि (एलियन)को सम्भावित भरकोरुपमा पहिचान गरेको छ। यो बडिलाई अहिले ग्रहको रुपमा पहिचान गरिएको छ र टीओएल ४६०३बी वा एचडी २४१३४बी नाम दिइएको इन्डिया टुडेले रिपोर्ट गरेको छ।
यो ग्रह पृथ्वीबाट ७३१ प्रकाश वर्ष टाढा छ र हेरक ७(२४ दिनमा आफ्नो ताराको परिक्रममा गर्छ। १३९६ डिग्री सेल्सियस तापक्रम भएको ग्रहमा हाल आगो दन्किरहेको छ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार, यो विशाल ग्रहहरू र कम–तौलका ब्राउन ड्वार्फहरू बीचको संक्रमण मास क्षेत्रमा पर्छ।
यी ग्रहहरूको मास अर्थात तौल बृहस्पतिको भन्दा ११ देखि १६ गुणा भिन्न हुन्छ, र यस मास दायरामा पाँच भन्दा कम एक्सोप्लानेटहरू हाल ज्ञात छन्।
पृथ्वीभन्दा बाहिरको जीवनको खोजी जारी रहँदा, वैज्ञानिकहरूले सौर्यमण्डलभन्दा बाहिरका विभिन्न प्रकृति, विशेषताहरू र वायुमण्डल भएका ५ हजार भन्दा बढी ग्रहहरू पहिचान गरेका छन्।
भर्खरै पत्ता लागेको एक्सोप्लानेट टीओएल ४६०३बी हाम्रो सूर्यको एक दशांश भन्दा कम दूरीमा आफ्नो गृह ताराको परिक्रमा गर्ने सबैभन्दा ठूलो र घना विशाल ग्रहहरू मध्ये एक हो।
‘यस्ता प्रणालीहरूको पहिचानले विशाल एक्सोप्लानेट्सको गठन, माइग्रेसन र विकास संयन्त्रमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ,’ इसरोले भन्यो।
प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार