माछापुच्छ्रे ब‌ैंक र हेफर इन्टरनेसनल नेपाल बीच सम्झौता

  • Technology Khabar | २८ कार्तिक २०७४, मंगलवार
माछापुच्छ्रे ब‌ैंक र हेफर इन्टरनेसनल नेपाल बीच सम्झौता

काठमाडौं ।

काठमाडौं । बैंकले विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ ।

सो सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने सो कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार