सिजी मोबाइल्सको फीचर फोन ‘एस्ट्रो टी १८’ बजारमा

  • Technology Khabar | २८ कार्तिक २०७४, मंगलवार
सिजी मोबाइल्सको फीचर फोन ‘एस्ट्रो टी १८’ बजारमा

काठमाडौं ।

काठमाडौं, २८ कात्तिक । सि. जी. मोबाइलले एस्ट्रो मोडलको फिचर फोनमा नयाँ मोबाइल थप गरेको छ । कम्पनीले नेपाली बजारमा एस्ट्रो टी १८ भित्र्याएको छ ।

यो फोन धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।

सि. जी. मोबाइल्सको एस्ट्रो टी १८ मा १.८ इन्चको स्क्रीन रहेको छ भने डिजिटल क्यामरा, एफएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री तथा एमपी फोर राखिएको छ ।

यो फोनमा १,००० एमएएचको ब्याट्री प्याक छ ।

यसमा ८ जीबी मेमोरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेÈता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलकोे बजार मूल्य १ हजार ९९ रुपैयाँ तोकिएको छ । एस्ट्रो टी १८ मोबाइल ब्ल्याक प्लस ब्लू, ब्ल्याक प्लस अरेन्ज र ब्ल्याक प्लस रेड गरी तीन आकर्षक रङ्गमा उपलब्ध छन् ।

कम्पनीले नयाँ मोडलमा १०० दिनको सटही नीतिको सुविधा पनि दिएको जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार