कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्ति आकर्षित गर्न युवा स्टार्टअप कार्यक्रम

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्ति आकर्षित गर्न युवा स्टार्टअप कार्यक्रम

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गर्नका लागि युवा स्टार्टअपको अवधारणा ल्याउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

उनले भने “कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्टअप अनुदान कार्यक्रम सञ्चालनका लागि रु. १ अर्ब २० करोड विनियोजन गरेको छु।”

यसका साथै साना किसान उद्यम विकास कार्यक्रमलाई सबै स्थानीय तहमा क्रमशः विस्तार गरी वित्तीय पहुँच र उद्यमशीलताको विकासमार्फत युवा जनशक्तिलाई कृषि क्षेत्रमा अभिप्रेरित गरिने घोषणा समेत गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार