
काठमाडौं ।
कृषि, वन तथा भूमिसुधारअन्तरगत डिजिटल स्वायल म्यापलाई ७७ जिल्लामा नै बिस्तार र उपलब्ध गराएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ।
डिजिटल स्वायल म्याप (डिएसएम) कार्यक्रमअन्तर्गत २०७९ फागुनसम्म ७७ जिल्लाका ३० हजार ५ सय ४८ माटोको नमुना परीक्षणको विवरण प्रविष्ट गरी डिएसएम अद्यावधिक गरिएको छ। परीक्षणबाट प्राप्त विवरणलाई बाली/विरूवामा प्रयोग गर्ने मलखाद एवम् सुक्ष्म पोषक तत्वको मात्रा सिफारिस गर्न तथा माटोको गुणको पूर्वानुमान गर्नको लागि प्रयोग गरिएको छ।
यसैगरी २०७९ फागुनसम्म १४३ स्थानमा स्वचालित जल मापन केन्द्र र २७१ स्थानमा स्वचालित मौसम मापन केन्द्र सञ्चालनमा रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म थप ३ स्थानमा स्वचालित जल मापन केन्द्र र थप १० स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना भई सञ्चालनमा आएका छन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार