मोबाइल तथा डाटा चलाउने प्रयोगकर्ता संख्या घट्दोक्रममा, तर बढ्दै छन् इन्टरनेट सेवा प्रयोगकर्ताहरु

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
मोबाइल तथा डाटा चलाउने प्रयोगकर्ता संख्या घट्दोक्रममा, तर बढ्दै छन् इन्टरनेट सेवा प्रयोगकर्ताहरु

काठमाडौं ।

नेपालमा मोबाइल फोनको प्रयोगकर्ताहरुको संख्या घट्दै गएको देखिएको छ। सरकारी तथ्यांकअनुसार मोबाइलका साथमा ल्याण्डलाइन अर्थात आधारभूत टेलिफोन सेवा प्रयोग गर्नेहरु समेत घटेका छन्।

मोबाइल फोनको प्रयोगकर्ताहरुको संख्या घटेसँगै डाटा प्रयोग गर्नेहरु समेत कम भएका छन्।

तर इन्टरनेट सेवा प्रदायकहरुका ग्राहकहरुको संख्या भने बढ्दो क्रममा छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको २०७९/८० को आर्थिक सर्वेक्षणकाअनुसार पुस मसान्तसम्म मोबाइल फोन तथा डाटा सेवा प्रयोग गर्नेहरुको स‌ख्या घटेको हो।

तथ्यांकअनुसार २०७९ पुषसम्म ३ करोड ५९ लाख ८९ हजार ६ सय ९८ मोबाइल फोन प्रयोगमा रहेका छन्। जबकी २०७९ असारसम्म यो सङ्ख्या ४ करोड २२ लाख ८२ हजार ६ सय ५८ रहेको थियो।

यस्तै मोबाइल सेवाको विस्तारसँगै आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या क्रमश: घट्दै गएको छ। बिबरणअनुसार आधारभूत (फिक्स्ड) टेलिफोनको संख्या पुस मसान्तसम्म ८ लाख ३ हजार रहेको छ। तर असार मसान्तसम्म यस्तो संख्या ८ लाख २५ हजार रहेको थियो।

टेलिफोन सेवा विस्तार (सङ्ख्या हजारमा)

सेवा२०७५ असार२०७६ असार२०७७ असार२०७८ असार२०७९ असार२०७९   पुष
आधारभूत (फिक्स्ड)८६१७९८७८३८०९८२५८०३
मोबाइल३८३४०४०५९६३७०७४३८९५२४१४५५३५९९०
अन्य१.७४२१.७४२२.९०५२.९८६२.९८६२.९८६
जम्मा३९२०३४१३९६३७८६०३९७६४४२२८३३६७९६

स्रोतः सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, २०७९

प्रतिवेदनकाअनुसार नेपाल दूरसञ्‍चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरू (Dialup, Wireless, Optical Fiber, Cable, ADSL, GPRS, CDMA) मार्फत उपलब्ध गराएको डाटा सेवा २०७९ पुससम्म ३ करोड ८१ लाख ३७ हजार ६ सय ५५ प्रयोगकर्ताले प्रयोग गरेका छन्।

जबकी २०७९ असार मसान्तसम्म यस्तो मोबाइल डाटा प्रयोगकर्ता संख्या ३ करोड ८४ लाख २२ हजार रहेको थियो।

यसमध्ये नेपाल टेलिकमका डाटा ग्राहकहरु सबैभन्दा धेरै अर्थात १ करोड ९६ लाख २३ हजार रहेका छन्। त्यस्तै एनसेल आजियाटा लिमिटेडका डाटा प्रयोगकर्ता ८७ लाख १०हजार छन भने हाल स्वतः खारेजीमा परेको स्मार्ट टेलिकमका डाटा १ लाख ७ हजार प्रयोगकर्ता रहेका छन्।

पछिल्लो ६ महिनामा मोबाइल सेवामार्फत डाटा चलाउनेको संख्या घटेपनि इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने अर्थात फिक्स्ड तथा वायरलेसमार्फत इन्टरनेट सेवा चलाउनेको संख्यामा सुधार भएको देखिन्छ।

तथ्यांकअनुसार २०७९ पुस मसान्तसम्म इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरु ९६ लाख ९८ हजार रहेका छन्। यसअघि २०७९ असार मसान्तसम्ममा यस्तो संख्या ८३ लाख ९२ हजार रहेका थिए।

डाटा/इन्टरनेट सेवा प्रयोगकर्ता (सङ्ख्या हजारमा)

सेवा प्रदायक२०७६ असार२०७७ असार२०७८ असार२०७९ असार२०७९ पुष
नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड९४१२१०८२६१६७२९२०६९९१९६२३
एनसेल प्रा.लि.६७६९६७१०७५०६९१८४८७१०
स्मार्ट टेलिकम प्रा.लि.२१३२०३१६७१४६१०७
इन्टरनेट सेवा प्रदायकहरू३०४७४४९८६६८२८३९२९६९८
जम्मा१९४४२२२२३८३१०८४३८४२२३८१३८

स्रोतः सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, २०७९

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...