
काठमाडौं ।
सरकारले पछिल्लो समय सरकारी निकायहरुमा लागू गरेको ई हाजिरी प्रणाली हाल १०८९ स्थानमा संचालनमा आएको छ।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणकाअनुसार वेबमा आधारित केन्द्रीकृत ई-हाजिरी प्रणालीको उपकरण १,२९२ निकायमा वितरण गरिएकोमा २०७९ फागुनसम्म १,०८९ उपकरण सञ्चालनमा रहेका छन।
साथै, स्थानीय तहमा वितरित ७९३ सफ्टवेयर मध्ये ६२९ स्थानीय तहले सफ्टवेयर सञ्चालनमा ल्याएका छन्।
यसका साथै २०७९ फागुनसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट २०७९ फागुनसम्म ७० डोमेन नेम सर्भर (डीएनएस) रजिस्ट्रेशन, ४० वेबसाईट होस्ट, ३,२३८ ईमेल सेवा, ६ सरकारी निकायलाई सर्भर लोकेसन र १०५ सरकारी निकायलाई भर्चुअल/क्लाउड सर्भिस उपलब्ध भएको छ।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार